२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार, छिटो अनुसन्धान गरेर टुंग्याउन आदेश



फाइल फोटो
अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले साइबर अपराधको कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

सर्वोच्चले छिटो अनुसन्धान गरेर टुंग्याउन सरकारका नाममा निर्देशनात्मक आदेश भने जारी गरेको छ ।

रिट खारेज भएसँगै थुनामुक्त हुने प्रसाईंको प्रयास असफल भएको छ । साइबर अपराधमा मुद्दामा प्रसाई पक्राउ परेका थिए ।