१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संचार क्षेत्रमा देखिएका समस्या समाधान हुन्छन : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताउनु भएको छ । 

नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सार्नु भयो । नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा उहाँले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पार्नु भयो । ‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु ।’ त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराउनु भएको थियो ।

जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताउनु भयो । संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग गम्भिर छलफल गरेर अघि बढने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गर्नु भएको भेटमा सहभागी महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिनु भयो । 

मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर  विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी हुनु भएको थियो ।