४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

संचार क्षेत्रमा देखिएका समस्या समाधान हुन्छन : मन्त्री गुरुङ

संचार क्षेत्रमा देखिएका समस्या समाधान हुन्छन : मन्त्री गुरुङ
अ+ अ-

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताउनु भएको छ । 

नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सार्नु भयो । नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा उहाँले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पार्नु भयो । ‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु ।’ त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराउनु भएको थियो ।

जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताउनु भयो । संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग गम्भिर छलफल गरेर अघि बढने प्रतिवद्धता मन्त्री गुरुङले व्यक्त गर्नु भएको भेटमा सहभागी महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिनु भयो । 

मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर  विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी हुनु भएको थियो ।