६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलमा नेपाली सर्वोत्कृष्ट खेलाडीलाई कार पुरस्कार



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को बेस्ट प्लेयरले ओमोडा एण्ड जेइको कम्पनीको गाडी पाउने भएको छ ।

यसका लागि एनपिएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार ओमोडा एण्ड जेइकोलाई सहप्रायोजकका रूपमा सम्झौता गरेको छ । क्यानले मंगलवार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागि सह–प्रायोजकको रूपमा ओमोडा एण्ड जेइकोसँग साझेदारी गरेको हो । क्यानका सचिव पारस खड्का र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले लोकप्रियता तथा सफलता पाउँदै गरेको समयमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने आशा व्यक्त गरे ।

कम्पनीले ओमोडा एण्ड जेइको र एनपिएलबीचको सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भुमिका खेल्ने र प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पु¥याउने विश्वास लिएको छ ।
क्यानका सचिव खड्काले पछिल्लो २०/३० वर्षमा उतारचढाव रहेको नेपाली क्रिकेटमा एनपिएलको आयोजनाले उत्साह ल्याएको उल्लेख गर्दै यो साझेदारीले नेपाली क्रिकेटरमा छुटै उत्साह मिल्ने बताए ।

आगामी मंसिर १५ गतेदेखि एनपिएल शुरू हुँदैछ । पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच पहिलो खेल हुनेछ । एनपिएलका खेलहरू कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।