४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

खसी, बोका, भेडा, च्याङ्ग्राको माग अनुमान गर्न कठिन भो  — व्यापारी

खसी, बोका, भेडा, च्याङ्ग्राको माग अनुमान गर्न कठिन भो  — व्यापारी
अ+ अ-

काठमाडौं । यो बर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो? अवस्था एकिन गर्न कठिन भएको व्यापारीले बताएका छन् । महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्न क्रममा व्यापारीले भने – ‘हरेक बर्षको दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो । महामारीले कति मानिस उपत्यका बाहिर गए? कति जान्छन्? दशैं कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने भयो ।’ 

काठमाडौं चौपाया खरिद बिक्री प्रा. लि. ले यसपटक दशैमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । 

यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन् । दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाउँदै छौं । महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झा भन्नुहुन्छ — ‘डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गर्दैछौं । संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गराउने हाम्रो दायित्व हो । त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने बिक्रीलाई नियमन गर्नेछौं ।’

माछा मासुजन्य खाद्यबस्तु तथा दूध र डेरीजन्य खाद्यबस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेर्नेछौं । 

दशैंमा प्रयोग हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद विक्री प्रा. लि. का अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङ्मा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७५० हुँदा पुगेको छ । स्थानीय प्रशासनले सुरुमा यसको मूल्य ६ सय तोकेको थियो । यो मूल्यमा बिक्री नभएपछि पछि बढाएर ७५० पुर्याइएको हो । 

खड्काका अनुसार काठमाडौंमा यदि ६० हजार खसी बोकाको माग भयो भने आयात माग पूरा गराउन सकिन्छ । ल्याउन सकिने अवस्था छ । तर, ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । 

काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए । तीमध्ये १६ वटाले व्यापार छाडे । अहिले १६ स्टलबाट व्यापार भइरहेको छ । यी स्टलसँग व्यापार गर्ने बढीमा १ सय जना व्यापारी होलान् । लकडाउनले व्यापारीको संख्या घटायो । चौपाया खरिद बिक्री प्रा. लि. का पदाधिकारीकाअनुसार, यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ । पछिल्लो समय सहरका केही ठाउँका मासु पसलले महिनामा १ हजारवटाभन्दा धेरै चौपायाको मासु बेच्न थालेका छन् । ती पसलले चौपाया सोझै खरिद गरेर ल्याउन थालेका छन् । 

काठमाडौं महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैका बेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । 

स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने गरिन्छ । काठमाडौं ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि बिशेष निगरानी बढाउने गरिन्छ । 

म्हानगरले आफ्नो भौगोलिक क्षेत्रसँगै अन्तर नगर, साझेदारबीच समन्वय गर्न संघ र प्रदेश सरकारसँग सहकार्य गरेको छ ।