३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजकमा ओमोडा एन्ड जेइको



अ+ अ-

काठमाडौँ । ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सह-प्रायोजकको रूपमा साझेदारी गरेको छ ।

नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकोबीच एनपिएल प्रायोजनको लागि मंसिर ११ गते एमओयु हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्‌का, क्यान र एनपिएलका सदस्यहरू, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रह्यो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका रहेको छ ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले, क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुऱ्याउने बताउनुभयो ।

क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिन्छन् । ओमोडा एन्ड जेइकोको यस सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्नेछ भने प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुऱ्याउनेछ ।