२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको बोर्डमा किन पोतियो कालो



अ+ अ-

काठमाडौं। घरेलु हिंसा पीडित बिनु यादवले सर्वोच्च अदालतको साईनबोर्डमा कालो रङ्ग छ्यापेर विरोध जनाउनु भएको छ । रङ्ग छ्यापे लगत्तै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ ।

यादबलाई हाल प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको छ । सिरहाको सिरहा नगरपालिका–२, स्थायी घर भएकी ३० वर्षीया विनु लामो समयदेखि न्यायका लागि आन्दोलन गरिरहनु भएको छ ।

रामेछापको गोठगाउँका प्रदीप कठायतसँग प्रेम विवाह गर्नुभएकी बिनुले आफूमाथि घरेलु हिंसा भएको आरोप लगाउँदै आउनु भएको छ ।यादबले घरेलु हिंसा भएको भन्दै प्रदीपविरुद्ध रामेछाप जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा दायर गरेको र अदालतले प्रदीपलाई सफाइ दिनुसँगै सम्बन्धविच्छेद पनि गरिदिएको थियो । सो फैसलापछि दोषीलाई उन्मुक्ति दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने माग सहित उहाँले प्रर्दशन गरिरहनु भएको छ ।

न्यायका लागि भन्दै यसअघि पनि उहाँले सर्वोच्चको गेटमा रातो रङ्ग छ्यापेर विरोध जनाउनु भएको थियो । न्यायको माग गर्दै यादब माइतीघर मण्डलामा आमरण अनशन पनि बस्नु भएको थियो ।