१० मंसिर २०८१, सोमबार
,
Latest
मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह पुल नबन्दा स्थानीयलाई सास्ती सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताउनु भएको छ ।

सोमवार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताउनु भयो । उहाँले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताउनु भयो । उहाँले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गर्नुभयो ।

उहाँले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताउनु भयो । उहाँले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताउनु भयो । उहाँले मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको बताउनु भयो । उहाँले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने बताउनु भयो । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको बताउनु भयो । उहाँले लोकतन्त्रमा एक वा दुई दलिय नहुने बताउनु भयो । उहाँले लोकतन्त्रमा जसले पनि विकल्प दिनसक्ने बताउनु भयो । उहाँले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिड्न तयार हुनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘देश बनाउनु छ भने नयाँ ढङ्गले सोच्नुपर्छ । त्यो सोच्ने काम कसैले पनि गरिहेको छैनौं । बाहिर जाने युवाहरुले मूलुकमा जसरी रेमिट्यान्स लिएर आउँछन् त्यसरी नै बाहिर जान्छ । त्यही भएर देश बनेको छैन । हाम्रो आनीबानीमा परिवर्तन नभएकाले देश बन्न सकेको छैन । सबै काम देशभित्रका मानिसहरुले गर्दा मुलुकमा कर तिर्ने थिए । विदेशका मानिसहरु नेपालमा आएर काम गरेपछि नेपालको रकम बाहिर जान्छ । मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य छ । तर मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्यलाई कमजोर बनाएका छौं । जबसम्म राज्य बलियो हुँदैन । तबसम्म देश बनाउन ग्राहो हुन्छ । मुलुकको विकास समृद्धि जतिबेला राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै हुन्छ । जुन चाहेको खण्डमा मुलुकमा नेकपा एमाले र नेपाली काँग्रेसले मात्रै दिनसक्छ ।’

‘पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको छ । लोकतन्त्र एक वा दुई दलिय हुँदैन । लोकतन्त्रमा जसले पनि विकल्प दिन पाउँछ । तर विकल्प कसले दिन सक्छ भनेर सोच्ने जनता भएमात्रै देश बन्छ । अमेरिकाको राष्ट्रपति निर्वाचनमा दुई वटा मात्रै पार्टी उठेका थिएनन् । धेरै उम्मेदार थिए । देश बनाउने हो भने जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनुपर्छ । राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश बन्दैन । बहुदलीय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायीत्व हुनसकेको छैन । पछिल्लो समय निर्माण व्यवसायी लगायत व्यवसायीहरु मारमा परेको कारण पनि राजनीतिक अस्थिरता हो । सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरुमा बजेट नपर्ने,नयाँ आयोजनाहरु थग्ने र बजेट अभाव हुने गरेका छन् । नयाँ सरकार आउने वित्तिकै पुराना ठेक्का लागेका आयोजनाहरु कम बजेट दिने र नयाँ आयोजनामा छुट्याउने फेरि अर्को नयाँ सरकार आउने फेरि त्यस्तै गर्ने सिलिसिला राजनीतिक अस्थिरताको कारण भएको हो । जति सरकार परिवर्तन भएपनि धन्दा त्यही छ । नीतिगत स्थायित्वको आधार भनेको राजनीतिक स्थायित्वबाट हुन्छ । साना पार्टीका साथीहरुले चिन्ता गर्नु परेन । मन मिलेको पार्टीसँग मिल्दा हुन्छ ।’

उहाँले राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गर्नुभयो । उहाँले बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताउनु भयो ।