२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.38

Wind: 1.54

Humidity: 51

Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाउनुभएको छ ।

सोमवार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो । सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजना अन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताउनु भयो । उहाँले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पार्नुभयो । सो परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकार कुनैपनि खालको आग्रह वा पूर्वाग्रहको पासोमा पर्न नहुने खनालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘अब यो बीआरआईको जुन कुरा छ । यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो । यो अवधारणा अहिले विकास गर्दै गर्दै झण्डै झन्डै अहिले ग्लोबल अवधारण बनिसक्यो । ग्लोवल प्रोजेक्ट जस्तो बनिसक्यो । अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ । ३ हजार करिव सम्झौताहरु बनिसकेका छन् । र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १।४ ट्रिलियन डलर लगानी भएको देखिन्छ । र, यो चीन र बीआरआई मुलुकहरुबीचको व्यापार मात्रै हेर्नुभयो भने पनि छ ट्रिलियन डलर भन्दा बढिको व्यापार हुन थालेको छ । अब यो प्रोजेक्ट चिनिया प्रोजेक्ट मात्रै भएन, यो एउटा ग्लोवल प्रोजेक्ट हो । संसारमा १९३ वटा मुलुक छन । १५३ मुलुकले यसमा सम्झौता गरिसकेका छन् । अब करिव ४० मुलुकमा त बाँकि रहे । दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ । फाईदाजनक रहेछ, लाभकारी रहेछ । त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन । बीआरआई लिँदा पनि नेपाल त सोभरेन्ट कन्ट्री हो नि । कुन चाहीँ प्रोजेक्ट हामी अनुदान लिनसक्छौ, त्यो नेगोशिएशनमा भर पर्छ । कुन चाहीँ प्रोजेक्टमा हामीले लोन लिनसक्छौं, नेगोशिएशनमाथि भरपर्छ । कुन चाँही प्रोजेक्टमा लोन लिँदा पनि सबभन्दा सस्तोमा लोन लिन्छौ, नेगोशिएशनमाथि भर पर्छ । त्यसकारण नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरुसँग, विदेशहरुसँग सम्बन्ध राख्नुपर्छ । र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरु आएको छ । यो पूर्वागहपूर्ण कुराहरु मात्रै हो ।’

‘यस्ता कुराहरुमा नेपाल जस्तो एउटा स्वतन्त्र मुलुक जसले स्वतन्त्रता दिवस पनि मनाउँदैन । हामी सदासर्वदा स्वतन्त्र मुलुक हौं । यस्तो मुलुकले त्यस प्रकारको कुनैपनि वाह्य प्रेसरहरुको आधारमा हामीले आफनो नीति बनाउने होइन । हामीले स्वतन्त्रताका साथ बीआरआई प्रोजेक्न पनि लिनुपर्छ । अरु कुनैपनि देशबाट लिने सम्झौता, सहमतीहरु हाम्रो देशको आवश्यकता अनुसार गर्नुपर्छ । भूराजनीतिक जटिलता अहिले मात्रै होइन, धेरै पहिलेदेखि भएको छ । र यो जारी रहन्छ । त्यसकारण भूराजनीतिक जटिलता भित्र सत्तारुढ दलहरु पर्नुपर्ने आवश्यकता छैन । हामो देश पर्नुपर्ने आवश्यकता छैन । कुनै नेताहरुलाई त्यसैबाट डिप्रशेन पैदा भएको छ भने त्यो बेग्लै कुरा हो । तर नेपाल एउटा इन्डिपेन्डेन्ट कन्ट्री हो । हामीले त्यो हेल्दी ढंगले अगाढि बढनु पर्छृ आग्रह र पूर्वाग्रहको पासोमा पर्नुहुँदैन । प्रधानमन्त्रीले के भन्नुभयो भने यसपालीको भमणमा लोन सम्झौता गर्दिन भन्ने खालको कुरा गर्नुभयो । ठिक छ यो भ्रमणमा लोन सम्झौता गर्नु हुन्न भने त्यो तपाईको कुरा भयो । तर, चीनसँग लोन लिनै हुँदैन, बीआरआईसँग लोन लिनै हुँदैन भन्ने नीति बनाउन लागिएको हो भने यो चाँही असाध्यै आपत्तिजनक कुरा हो भन्ने कुरा हामीले राखेका छौं ।’

बीआरआई परियोजना लोन लिने वा अनुदान लिने भन्नेकुरा नेपाल आफैले पैmसला गर्ने भएकाले त्यसमा अरु देशको दवावको कुनै अर्थ नहुने पनि सम्मानित नेता खनालले दोहो¥याउनु भयो ।