२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न नेपाल क्रिकेट संघलाई निर्देशन दिनुभएको छ ।

सोमवार धरहरा परिसरमा नेपाल प्रिमियर लिगको ट्रफी अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रिमियर लिगको शुभकामना दिँदै आगामी दिनमा महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न पनि क्यानका पदाधिकारीहरुसँग आग्रह गर्नुभएको हो । उहाँले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताउनु भयो । उहाँले क्रिकेट खेल मात्र नभइ राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘क्रिकेट हाम्रो युवा पुस्ताको एउटा सपना बनेको छ । एउटा गौरव बनेको छ । यो हाम्रो खेल मात्र नभइ हाम्रो राष्ट्रिय जागरुकता, अनुशासनको प्रतिक पनि बनेको छ । जनकपुर बोल्ड्सका कप्तान आसिफ शेखले स्पोट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । आसिफ सेखलाई क्याप्टेन, कुल, शान्त भनेर नाम, उपनाम दिएपनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्नेकुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एड्भेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् की ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यस पटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ ।’

‘हाम्रो साथीहरुले चितवन राइनोज भन्ने गर्नुभएको छ, म चाहीँ चितवन गैडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरु क्रिकेट चाहीँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानो जस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो की मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहे । बिबिएलदेखि आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ति योर्करहरुलाई कसले भुल्नसक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमा मलाई स्मरण छ । एनपिएलमा यस्ता धेरै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ । एनपिएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्दछ भन्ने मलाई विश्वास छ । क्यानका पदाधिकारीहरुले आगामी दिनमा महिला विशेष एनपिएल लिग आयोजना गरोस् भन्ने इच्छा छ, शुभकामना छ ।’

प्रधानमन्त्री ओलीले सबै टिमहरुलाई शुभकामना दिनुभयो । उहाँले एनपिएलले पर्यटन व्यवसायको पनि प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।