७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौँ । राजधानीको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा भेटिएका छन् ।

होटल जन्मभूमिको एउटै कोठामा एक युवक र युवती मृत भेटिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान गर्दै उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरी जनाएको छ ।

मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका अन्दाजी २५ वर्ष उमेरका रमेश माझी र सोही उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।

उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेको बताइएको छ । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेका हुन् ।

उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।