२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा आज तीन शव भेटिए



सांकेतिक तस्बिर ।
अ+ अ-

काठमाडौँ । काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् ।

यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।

अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस