२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीलाई मुलुकको प्रमुख आम्दानीको स्रोतको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार २० औँ राष्ट्रिय कफी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले निजी क्षेत्रका लगानीकर्ताहरुलाई कफी खेतीतर्फ आकर्षित गर्न सरोकारवालाहरुसँग आग्रह गर्नुभएको हो ।

उहाँले कफी खेती गर्ने कृषकलाई उत्साहका साथ खेतीमा लाग्न आग्रह गर्दै सरकार कफी खेतिको प्रवद्र्धनका लागि प्रतिवद्ध बताउनु भयो । उहाँले मध्यपहाडमा रहेको बाँझो जमिनमा कफी खेती बढाउनसके देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरका बाबजुद नेपाली कफीले पाएको अन्तर्राष्ट्रिय बजारबाट सन्तुष्ट हुनुपर्ने बताउनु भयो । आर्थिक स्रोतको अभावमा देशको विकास नभइरहेको भन्दै कफी खेती देशको अर्थतन्त्रको मुख्य स्रोत बन्नसक्ने उहाँको विश्वास थियो ।

मन्त्री अधिकारीले भन्नुभयो,‘नेपाली कफीको उत्कृष्टता र भविष्यमा यसको सम्भावनाको बारेमा सोच्ने, योजना बनाउने र प्रेरणा प्राप्त गर्ने दिन भएको कारणले यस दिनमा कफी राष्ट्रीय महासंघ लगायतका संस्थाहरुले कफी उत्पादन जोगाउन आवश्यक छ । जलवायु परिवर्तनको असरका बाबजुद नेपालको अराबिका कफीले अन्तर्राष्ट्रिय रुपमा जुन बजार पायो यसमा सन्तुष्ट हुनुपर्ने कारणहरु छन् । कफी खेती गर्ने कृषकहरु उत्साहका साथ खेती बढाउनमा लाग्नुस् । कुनै समय देशभित्र नै व्यापार कम हुने कफी आज जर्मनी, अमेरिका र जापान जस्ता विश्वका विकसित मुलुकहरुमा पुगेको छ भन्ने कुरामा गर्व गर्नुपर्दछ । कफीको विकासका लागि नेपाल सरकार, कृषि मन्त्रालयको तर्फबाट सुधारका लागि हामीले के के गर्नुप¥यो रु तपाईहरु सुझाव दिनुस् । हामी कफी खेतीको विकासका लागि गर्नुपर्ने कामका लागि प्रतिवद्ध छौं । हामी कृषक साथिहरुले अन्य नागरिकलाई समेत कफी खेती गर्नका लागि आह्वान गरौँ ।’

‘निजी क्षेत्रका लगानीकर्ताहरुलाई कफी खेतीबाट हुने मुनाफाबारे जानकारी दिएर आकर्षित गर्नसक्छौं भनेर बुझाउनुस् । पछिल्लो समय नेपाल सरकारले मध्यपहाडी भेगमा बाँझो जमिन धेरै भयो मान्छेहरुको बस्ती स¥यो अब के गर्न सकिन्छ भनेर मन्त्रिपरषद्मा कुरा उठाएका छौं । त्यो बाँझो रहेको जग्गा र अराबिका कफी उत्पादन गर्न सकिने अन्य ठाउँहरुमा भूमिसुधार मन्त्रालय, जलस्रोत मन्त्रालय र कृषि मन्त्रालय मिलेर त्यसको व्यवस्थापन गर्नसक्दा हामीले राम्रो मुनाफा कमाउन सक्ने स्थितिहरु रहन्छ । यसमा काम गर्नेगरी योजना बनाइरहेका छौं । बाँझो जमिनमा कफी खेती बढाउन सक्यौं भने देशको अर्थतन्त्र उकास्नका लागि महत्वपूर्ण सहयोग मिल्छ । पैसा नभएर देशको विकास हुन सकेन भनिरहेको अवस्थामा आम्दानीको प्रमुख स्रोतको रुपमा कफी खेति बनोस् । त्यसका लागि मैले सम्हालेको मन्त्रालयको तर्फबाट मैले के भुमिका निर्वाह गर्नुपर्छ त्यो सबै भुमिका निर्वाह गर्नका लागि म सधैं तयार रहेको कुरामा प्रतिवद्ध छु ।’

आउँदो आर्थिक वर्षको बजेटको समय नजिकिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले व्यवसायीहरुको सुझावको आधारमा कफी खेतीको योजनालाई बजेटमा समावेश गर्ने आश्वासन दिनुभयो ।




भर्खरै