९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खुकुलो लकडाउन भएरपनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा धेरै’



अ+ अ-

काठमाडौं । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनु भएको छ । 

उहाँले भारतमा औसतमा ८८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको सोमबार जानकारी दिनुभयो ।

लकडाउन लचिलो भएर पनि सङ्क्रमणमुक्त हुनेहरुको यो सङ्ख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उहाँको दावी छ ।  

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।”

“हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,” उहाँले थप्नुभयो ।

प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।”

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गर्नुभयो ।  

“हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,” उहाँले भन्नुभयो ।