२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौंः पूर्ण बस्नेत



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् ।

समाजवादी आन्दोलनको आजको अवस्था र काङ्ग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले सो कुरा बताएका हुन् ।

‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र काङ्ग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने हो भने मुलुकमा सङ्कट झन गहिरिने पक्का छ,’ बस्नेतले भने ।

काङ्ग्रेस कम्युनिष्टको विकल्पमा समाजवादी आन्दोलनलाई अगाडि बढाउने सङ्कल्प गरेका समाजवादीहरु नै आज काङ्ग्रेस कम्युनिष्टको टेको बन्ने होडबाजीमा लागेको उनको आरोप छ ।

‘समाजवादी आन्दोलनलाई काङ्ग्रेस कम्युनिष्टकै कठपुतली बनाइन लागेको छ । समाजवादी आन्दोलनलाई तितरबितर पार्ने कोसिस भइरहेको छ, बेलैमा सजग र सचेत भई अगाडि बढ्नुपर्ने भएको छ,’ बस्नेतले भने ।

बस्नेतले समाजवादी आन्दोलनको रुपमा १२ वर्ष अघि आजको दिन अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी, नेपाल गठन भएको स्मरण गरेका छन् ।