४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

‘कोभिड १९ बारे सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्छ’

‘कोभिड १९ बारे सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्छ’
अ+ अ-

काठमाडौं । कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।  

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गर्नुभएको छ । उहाँले संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताउनुभयो । कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उहाँले बताउनुभयो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको बताउनुभएको हो । 

यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो । यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताउनुभयो । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उहाँले बताउनुभयो । 

त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताउनुभयो । सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुशि खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उहाँले बताउनुभयो ।