४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

राष्ट्रपति भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन

राष्ट्रपति भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुननिर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो । यस्तै राष्ट्रपति भण्डारीले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशा समेत व्यक्त गर्नुभयो । करिब ३ सय वर्ष अघि कान्तिपुरका तत्कालिन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्व भएको पनि उहाँले बताउनुभयो । रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलिमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुनेपनि उहाँले बताउनुभयो । यसबाट काठमाडौं उपत्यकाको विकास मात्रै नभई पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

रानीपोखरीको पुननिर्माणका लागि २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गर्नुभएको थियो । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ । रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको छ । रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ । राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलिमा निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।