१७ माघ २०८१, बिहीबार
,
Latest
मौलिक हक कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण आवश्यक नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख… गायिका रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह सरकारले ल्याएका अध्यादेश माओवादीले अस्वीकार प्रस्ताव पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : शेखर कोइराला विपिन रिहाइको पर्खाइमा सरकार: कहिले सार्थक बन्ला परराष्ट्रमन्त्रीको पहल ? बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालत परिसरमा विष सेवन गर्ने एक युवती पक्राउ



अ+ अ-

काठमाडौं । अदालत परिसरमा विष सेवन गरेपछि प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार पाटनस्थित उच्च अदालत परिसर विषादीजन्य वस्तु सेवन गरेपछि प्रहरीले बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ गरेको हो ।

एमालेका युवा नेता ऐन महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै उनीमाथि काठमाडौं प्रहरीमा उजुरी हालेका थिए । आपराधिक लाभ (एक्सटर्सन) कसूरमा काठमाडौं जिल्ला अदालतले उनीमाथि वैशाख ३१ गते  पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

बुधबार उच्च अदालत परिसरमा अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग सामुने परेपछि उनले विषादीजन्य वस्तु सेवन गरेकी थिईन् । उनलाई उपचारको लागि अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ ।