२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्व ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयोः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा  ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताउनुभएको छ ।

सोमबार काठमाडौंका नयाँ गौचरनमा राखिएको उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गर्नुभयो । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । उहाँले लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘संसदलाई जीवन्त र बलियो कसरी बनाउने ?संसदीय प्रणालीलाई जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो । त्यही सोचाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान रहेको छ । उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरुबाट प्रेरित रहनेछौ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौं । उहाँलाई हामी राष्ट्रिय सम्मानका साथ बिदाई गर्छौं । ‘

त्यस अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संसदीय प्रणालीलाई सुदृढ बनाउने उहाँले पु¥याएको योगदानको उच्च सम्मान गर्दै सरकारले उहाँलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको पनि उल्लेख गर्नुभयो ।