२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले मंसिर ४ गते केन्द्रिय कार्यालय बन्द गर्ने



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

सोमवार बिहान बसेको पार्टी केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाकोप्रति शोक प्रश्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलवार पार्टीको केन्दिय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले उहाँको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रिय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । काँग्रेसद्वारा जारी शोक प्रश्तावमा स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पु¥याउनु भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उहाँले पु¥याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

महामन्त्री थापाले भन्नुभयो,‘पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीका फ्रन्टलाईन अस्पतालमा उपचारको क्रममा मंसीर २ गते भएको निधनले नेपाली काँग्रेस मर्माहत र स्तब्ध भएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भुमिका निर्वाह गर्नु भएका ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र २ बाट विजयी भई २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो । त्यसैगरी उहाँ २०५१ काठमाडौ निर्वाचन क्षेत्र नम्बर २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली काँग्रेसको विभिन्न पदमा रहेर उहाँले पार्टीको संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्नु भएको थियो । माओवादी सशष्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिया भूमिका रहेको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागि उहाँले पु¥याउनु भएको योगदान सदैव स्मरणीय रहनेछ । उहाँको निधनबाट सिंगो देशले वरिष्ठ कानूनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति केन्द्रिय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुगानाप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ । २०८१ साल मंसीर ३ र ४ गते २ दिनसम्म पार्टीको केन्द्रिय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मंसीर ४ गते मंगलबार दिन केन्द्रिय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औं दिनमा केन्द्रिय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’

बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुंगानाले पार्टी र सभामुखको रुपमा खेल्नुभएको निष्पक्ष भुमिका सदा स्मरणीय रहिरहने बताउनुभएको भयो । उहाँले भन्नुभयो,‘संसद उहाँले निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुप¥यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भईहाल्यो । उहाँको असामयिक निधन भयो ।’

पूर्वसभामुख ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भुमिका निर्वाह गर्नुभएको थियो । उहाँले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी स्वर्गीय ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उहाँको सक्रिया भुमिका खेलेको पनि काँग्रेसले जनाएको छ ।