१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

१० औं राष्ट्रिय खेलकुद अब कहिले ?

१० औं राष्ट्रिय खेलकुद अब कहिले ?
अ अ+ अ-

काठमाडौं । मंसिर २ देखि ९ गतेसम्म हुने भनिएको १० औं राष्ट्रिय खेलकुद स्थगित गरिएपछि अब कहिले गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन । कर्णाली प्रदेशमा गर्ने भनिएको प्रतियोगिताको नयाँ मितिबारे अन्योल बढिरहँदा राष्ट्रिय खेलकुद परिषद्का सदस्यले नै युवा तथा खेलकुद मन्त्री र राखेपका सदस्य सचिवसँग जवाफ माग गरेका छन् ।

राखेपका सदस्य प्रकाशकुमार कुसारीले सामाजिक सञ्जालमार्फत् १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अनिर्णयको बन्दी भएको भन्दै यसको जवाफ कसले दिने भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्– ‘राष्ट्रिय खेलकुद परिषद्को मिति २०७९ साल कात्तिक २ गतेको ११५औं बोर्ड बैठक तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहको घोषणासँग दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भनी मिति घोषणा भएकोमा थियो । तर आज २०८१ साल मंसिर २ गतेसम्म आइपुग्दा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने वा नहुने अनिर्णयको बन्दी भएको छ । यसको जवाफ कसले दिने ? युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव वा प्रदेश सरकारले जवाफ चाहियो ? युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिबले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक नबसेको १३/१४ महिना भइसक्दा पनि किन बोलाउन नसकेको जवाफ कसले दिने हो ?

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक १४ महिनादेखि बस्न सकेको छैन । जसका कारण कर्मचारी सेवा शर्त विनियम, आर्थिक विनियम, ओएनएम :सर्भेको कुरा र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्देशिका संशोधनसहितका विषय अन्योलमा परेका छन् । जसका कारण पहिलो पारा राष्ट्रिय प्रतियोगितामा पनि अन्योलनमा परेको छ ।

कर्णालीमा गर्ने भनिएको १० औं खेलकुद प्रतियोगितामा राजनीतिसमेत हावी देखिएको छ । कर्णालीमा पटक पटक सरकारको नेतृत्व परिवर्तन त प्रतियोगिताको जस लिने होडबाजीका कारण खेलकुद प्रतियोगिता नै अन्योलमा परेको हो ।

प्रदेश सरकारले नयाँ मिति घोषणा गर्न संघीय सरकार र राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरिसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा नहुँदा प्रशिक्षणमा रहेका खेलाडीलाई पनि के गर्ने भन्ने अन्योल भएको छ ।

यस्तो अवस्था अन्त्य गर्न अब तत्काल दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मितिका साथै राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धि निर्देशिकाको बारेमा प्रदेश सरकारसँग छलफल गर्नुपर्ने हुन्छ ।

त्यसैगरी खेल संख्या, खेल स्थल र प्रदेशलाई दिने बजेटको पनि तत्काल टुंगो लगाउनुपर्छ ।

आयोजना हुने प्रदेश र राखेपबीच राष्ट्रिय प्रतियोगिता सञ्चालनसम्बन्धी कार्य विभाजनका बारेमा प्रदेशसँग छलफल गरी टुंगो लगाउनुपर्ने छ । यसको लागि परिषदको बैठक बस्नु अगाडि एक कार्यदल बनाएर उक्त कार्यदलले दिएका सुझावका आधारमा अगाडि बढेमा मात्र दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब तोकिएको मितिमा हुन सक्ने अन्यथा यसअघि परिषद्को ११५ औं बैठकले गरेको निर्णय जस्तो घोषणामा मात्र सीमित हुने छ ।