२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 2.57

Humidity: 41

Latest
बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक सम्पन्न सभापति लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ: शिशिर खनाल संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा चुनौतिका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्वपूर्ण उपलब्धिः महासंघ अध्यक्ष सिंह अमेरिकाले लिएको पारस्पारिक भन्सार नीतिः नेपालले गर्नुपर्ने के हो ? सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान



जनकपुरधाम
अ+ अ-

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुई सय ५१ सदस्यीय प्रतिनिधिमण्डल आगामी मङ्सिर २१ गते हुने जानकी विवाह महोत्सवको निम्तो दिन वीरगञ्जबाट भारतको उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरतर्फ प्रस्थान गरेको छ ।

विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख सन्तोषकुमार साहले मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डल आज वीरगञ्जबाट रक्सौलनाका हुँदै अयोध्यातर्फ प्रस्थान गरेको जानकारी दिनुभयो ।

“शनिबार जनकपुरबाट बाजागाजासहित प्रस्थान थालेका थियौँ । शनिबार बेलुका वीरगञ्जमा आएर बास बस्यौँ । आज रातिसम्म उत्तरप्रदेशस्थित अयोध्या पुग्नेछौँ । अयोध्या पुगेपछि सो मन्दिरका पदाधिकारीलाई जानकी विवाह महोत्सवको निम्तो गर्नेछौँ”, उहाँले भन्नुभयो, “सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना हुनेछ ।”

परम्परागत रूपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतिकात्मक रूपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र रानीका लागि लत्ताकपडा, गरगहनासँगै माखन, दही, च्यूरा, फलफूलसहित मिष्ठान्न पकवान सौगात स्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिषद्का प्रमुख साहले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मदसकिल मियाँ, श्रम तथा यातायातमन्त्री कौशलकिशोर यादव, वन तथा वातावरणमन्त्री त्रिभुवन साहलगायत हुनुहुन्छ ।

साथै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, जनकपुरधाम उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् । विश्व हिन्दू परिषद् जनकपुरका प्रमुख साहले आगामी मङ्सिर २१ गते विवाहपञ्चमीको दिनमा अयोध्याबाट जनकपुरधाममा जन्ती आउने परम्परा रहेको बताउनुभयो । रासस