१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीपोखरीमा निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी बढ्नेछन् : मेयर शाक्य



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी बढाउने भएको छ । 

महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले रानी पोखरी गुरुयोजना अनुसारको निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रुपमा निर्माण गरिने बताउनुभयो । रानीपोखरीको मुख्य प्रवेशद्धार र ऐतिहासिक पार्टी लगायतका संरचनाको निर्माण गर्न बाँकी रहेको छ । त्यस्तै गुरुयोजना अन्तर्गत त्रिचन्द्र कलेज, प्रहरी आयुक्तको कार्यालय, शान्तिबाटिका, रत्नपार्क लगायतलाई समावेश गरी बृहत रानीपोखरीको रुपमा विकास गरिने मेयर शाक्यले बताउनुभयो । यी कामहरु एकैसाथ गर्ने भन्दापनि चरणवद्ध रुपमा अगाडी बढाउने रणनीति अनुसार काम भइराखेको पनि उहाँले बताउनुभयो ।

२०७२ शालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरी पुननिर्माणको क्रममा आधुनिक शैलिमा बनाउन लागिएको भन्दै विवाद भएको थियो । तर पछि विज्ञहरुको सुझाव अनुसार भूकम्प अघि गुम्बज शैलीमा रहेको बालगोपालेश्वरको मन्दिर प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ । रानीपोखरीको मुख्य पोखरी र बालगोपालेश्वर मन्दिरको काम बाहेक महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार बृहत रानीपोखरीको विकास गर्न भने बाँकी छ । मेयर शाक्यका अनुसार रानीपोखरी विस्तारको काम सम्पन्न भइसकेपछि खुलापार्कको रुपमा नागरिकको लागि खुल्ला हुनेछ । तर पोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर भने भाइटिकाको दिन मात्रै खुल्नेछ ।