२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न



अ+ अ-

काठमाडौ । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको आयोजनमा ‘नेपालको सिमानाको इतिहास तथा यसको विवेचना’ विषयक विचार गोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि इतिहासकार प्रा दिनेशराज पन्त ,प्रा. डा. सुरेन्द्र केसी तथा अधिवक्ता स्वागत नेपालले टिप्पणी गर्नुभएको थियो।

फ्लोरबाट कार्यपत्रमाथि परराष्टविद् हिरण्यलाल श्रेष्ठ ,प्रा.डा धनबहादुर कुँवर ,प्रा.डा. राजाराम सुवेदी ,प्रा. शिवहरि मरहठ्ठालगायतका व्यक्तिले कार्यपत्रमाथि आफ्नो अभिधारणा प्रस्तुत गर्नुभएको थियो।

संस्थाका अध्यक्ष इ .ईश्वरचन्द बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन सत्रको सञ्चालन महासचिव कपिलचन्द्र खनालले गर्नुभएको थियो भने गोष्ठी सत्रको सञ्चालन साहित्यकार तथा केन्द्रका कोष संस्थापक राजेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो।

उपस्थित महानुभावलाई संस्थाका उपाध्यक्ष मदनराज थापाले स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन वरिष्ट सदस्य तथा अन्वेषक प्रकाश दर्नालले गर्नुभएको थियो।

प्रमुख अतिथि प्राध्यापक जयराज आचार्यले संस्थाले ऐतिहासिक महत्वका विषय छनौट गरी चेतना प्रदान गरेकाले दण्डपाणि अर्ज्याल प्रति सच्चा सम्मान भएको कुरा बताउनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादर गुरुङ लगायतका अन्य परिवारजनको उपस्थिति थियो।