काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पोजिटिभ देखिएको छ । केहि दिन यता उनलाई सामान्य रुघाखोकी लागेको थियो र त्यसपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।
मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार कोरोना संक्रमणको जाँचमा मुख्यमन्त्री पौडेलकी धर्मपत्नीलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।
मुख्यमन्त्री पौडेलका एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत कोरोना संक्रमण देखिएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक दाहालले जानकारी दिएका छन् ।











