४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले जनाएको छ ।

इजरायली लडाकु विमानहरूले पूर्वी शहर बालबेकमा शृङ्खलावद्ध हवाई आक्रमणहरू गरेका थिए । एउटा हमलाले अल–शाब छिमेकमा रहेको दुई तले भवनलाई निशाना बनाएको थियो ।

जसमा नौ जनाको मृत्यु भएको थियो र पाँच जना घाइते भएका थिए । इस्लामिक हेल्थ अथोरिटी र सिभिल डिफेन्सका उद्धार टोलीहरूले भग्नावशेष हटाउन र बाँचेको खोजी गर्ने प्रयास जारी राखेका छन् ।

यसअघि इजरायली लडाकु विमानहरूले दक्षिणी शहर नाबातीह र वरपरका क्षेत्रहरूमा १६ वटा हवाई आक्रमणहरू गरेका थिए । नाबतीहमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् ।