३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले जनाएको छ ।

इजरायली लडाकु विमानहरूले पूर्वी शहर बालबेकमा शृङ्खलावद्ध हवाई आक्रमणहरू गरेका थिए । एउटा हमलाले अल–शाब छिमेकमा रहेको दुई तले भवनलाई निशाना बनाएको थियो ।

जसमा नौ जनाको मृत्यु भएको थियो र पाँच जना घाइते भएका थिए । इस्लामिक हेल्थ अथोरिटी र सिभिल डिफेन्सका उद्धार टोलीहरूले भग्नावशेष हटाउन र बाँचेको खोजी गर्ने प्रयास जारी राखेका छन् ।

यसअघि इजरायली लडाकु विमानहरूले दक्षिणी शहर नाबातीह र वरपरका क्षेत्रहरूमा १६ वटा हवाई आक्रमणहरू गरेका थिए । नाबतीहमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् ।