३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता

मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति

मन्त्रीलाई घुस दिएर लाइसेन्स लिएको आरोपमा हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको आपत्ति
अ+ अ-

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा सञ्चालित क्यासिनोको लाइसेन्स संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले घुस लिएर दिएको भन्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपले आपत्ति जनाएको छ ।

ग्रुपले विज्ञप्ति जारी गर्र्दै कानुन अनुसार करिब ५५ करोड रुपैयाँभन्दा बढी सरकारी राजस्व तिरेर टाइगर प्यालेस रिसोर्ट र रोयल टाइगर रिक्रिएसन क्यासिनो पूर्णरुपमा सञ्चालनमा ल्याइएको दाबी गरेको हो ।

हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपको स्वामित्वमा रहेको टाइगर प्यालेस रिसोर्ट हाल पूर्णरुपमा सञ्चालनमा छ । विदेशी लगानीबाट सञ्चालित बन्द हुने अवस्थामा पुगेको यो व्यावसाय खरिद गरि पूर्णसञ्चालनको अवस्थामा ल्याइएको कम्पनीले जनाएको छ ।

रोयल टाइगर रिक्रिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपालका जिम्मेवार सञ्चारमाध्यमले व्यावसाय सञ्चालनबाट राज्यले प्राप्त गर्ने राजश्व, स्थानीयले प्राप्त गर्ने रोजगारी, पर्यटन क्षेत्रमा पुग्ने टेवा, विदेशि पुँजीको आयात, स्थानियमा व्यावसायमा बृद्धी जस्ता बस्तुगत कुराहरुको अध्ययन विना, व्यवसाय सञ्चालकहरुसँग वास्तविकता नबुझी हचुवाको भरमा समाचार सम्पे्रसण गर्दा सञ्चारमाध्यमको विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको छ । आर्थिक मन्दिको चपेटामा परेको देशमा यस्ता ठुला व्यावसाय संचालनलाई सुचारु गर्न प्रोत्साहन गर्नुको सट्टा मन्त्री बनेको छोटो समयमा भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन लगायतका धेरै सकारात्मक कार्य गरिरहनुभएका मन्त्रि बद्रि पाण्डेलाई समेत जोडेर समाचार सम्प्रेसण हुनुले उद्योगी व्यावसायी र सकारात्मक कार्य गर्ने हरुलाई निरुत्साहित गरिरहेको प्रष्ट हुन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा अवरोध गर्न बिगतदेखि नै एउटा गिरोह सक्रिय हुँदै आएको छ । सोही समूहबाट प्रवाहित गलत सूचनाका आधारमा सञ्चारमाध्यमले प्रकाशित गरेका समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँछौं ।’ हिमालयन टाइगर इन्भेष्टमेन्ट ग्रुपका अध्यक्ष बुद्धिसागर सुवेदीले समाचार प्रकाशित गर्दा सूचनाको सत्यता र आधिकारिकता पुष्टि गरेर मात्र संम्प्रेसण गर्नसमेत आग्रह गर्नुभएको छ ।