२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेलको दाबीः जनताले प्रमुख दलहरुबाट नै मुलुक सुधारको अपेक्षा गरेका छन्



अ+ अ-

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताले काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा पार्टीको तर्फबाट आगामी मंसिर ७ गते काठमाडौंमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले प्रमुख दलहरुप्रति जनता असन्तुष्ट छन् भन्नेकुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले सो जागरण अभियान सञ्चालन गर्न लागेको स्पष्ट पार्नुभयो । नेपाली जनताले प्रमुख दलहरुबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको महासचिव पोखरेलको जिकिर थियो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउमा सो पार्टीले आन्दोलन गर्नु उचित नभएको पनि दोहो¥याउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिर्टीको अगुवाईमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन । र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसावले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्दछ भन्ने मलाई लाग्दछ । ’

महासचिव पोखरेलले सरकारलाई काम गर्नका लागि उचित वातावरण बनाउनका लागि सत्तारुढ काँग्रेस–एमालेले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने काम गरेको पनि बताउनु भयो । सो संयन्त्रले सरकारको काममाथि हस्तक्षेप नगर्ने उहाँको स्पष्टीकरण थियो ।