२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौं । सवारी दुर्घटनापछि पक्राउ परेका झाँक्री प्रकाश भुजेलमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिन म्याद पाएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध सवारी ज्यानको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बुधबार दिउँसो शंखरापुरमा भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी घाइते भएकी थिइन् ।