१३ श्रावण २०८३, बुधबार
,
Latest
पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल राष्ट्रपतिसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको जानकारी थापाथली तार आगलागीपछि सरकार सक्रिय, दीर्घकालीन व्यवस्थापनको कार्ययोजना अघि बढाइँदै सर्वदलीय बैठकको संयुक्त वक्तव्य: हिंसा रोक्न, संवाद बढाउन र दोषीलाई कारबाही गर्न माग नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएका नेपाली खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै क्यानले टी-२० विश्वकप २०२५ का लागि छनौट भएको यू-१९ नेपाली महिला क्रिकेट टिमका खेलाडीहरूलाई जनही २ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

साथै, क्यानले यू-१९ महिला टिमका टिम अफिसियलहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने जानकारी दिएको छ ।

युएईमा भएको आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको थियो । प्रतियोगीतामा नेपालले छ मध्ये पाँच खेलमा जित हासिल गरेको थियो ।

त्यस्तै, यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।