५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएका नेपाली खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै क्यानले टी-२० विश्वकप २०२५ का लागि छनौट भएको यू-१९ नेपाली महिला क्रिकेट टिमका खेलाडीहरूलाई जनही २ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

साथै, क्यानले यू-१९ महिला टिमका टिम अफिसियलहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने जानकारी दिएको छ ।

युएईमा भएको आइसीसी यू–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको थियो । प्रतियोगीतामा नेपालले छ मध्ये पाँच खेलमा जित हासिल गरेको थियो ।

त्यस्तै, यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ ।