२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं नेता डा। शेखर कोईरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८० बारे बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताउनु भयो । उहाँले सरकार सधैँ निरंकुश हुने भन्दै स्टक होल्डहरुसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने बताउनु भयो । उहाँले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी कानून बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौँ । यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ । यो विधेयक त रिराइट नै गर्नुपर्छ जस्तो मलाई लाग्छ । किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ । सरकार निरंकुश हुन्छ भन्नेकुरा बुझौँ । स्टेक होल्डरसँग हरेक कानून बनाउँदा सरसल्लाह ग¥यौँ भने हामी तपाईंहरुले सोचेको जस्तो कानून बनाउँछौँ । सरकारले त जहिले पनि नागरिकलाई पनिस्मेण्ट दिने हिसावले कानून बनाएको देखिरहेको छु । भइरहेको छ । कति कानूनहरु त संविधानसँग बाझिएको कानून पनि थुप्रै आएको छ । अझ विनियमहरु बनाउँदा त कानूनलाई पनि उछिनेको हुन्छ । त्यस्तो अवस्थाबाट हामी गइरहेका छौँ । तर संविधानमा जे कुरा लेखेको छ, संविधानलाई अक्षरशः पालना गरीकन कानून बनाउनुपर्ने हो । त्यसमा पनि हामी कतैकतै चुकेका छौँ । यो हामीले स्वीकार गर्नुपर्छ । स्वीकार गरेरै अघि बढ्दा हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौँ । सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग अत्यन्त गम्भीर छलफल आजदेखि नै प्रारम्भ भयो ।’

नेता कोईरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताउनु भयो ।




भर्खरै