१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई

कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई
अ अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा शिक्षा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले कम्पनी ऐनबाट सञ्चालित भएकाले विगतमा शिक्षालाई नाफाका रुपमा लगानी गर्ने गरिए पनि अब कल्याणकारी अवधारणमा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयक त्यही अवधारणमा ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले आजको सन्दर्भमा शिक्षामा नाफाको लागि लगानी गर्ने कुरालाई मुलुकको संविधानले स्वीकार नगर्ने बताउनु भयो । उहाँले शिक्षा सेवा क्षेत्र भएको भन्दै यसलाई कमोडिटिको रुपमा प्रयोग गर्न नहुने उल्लेख गर्नुभयो ।

उहाँले शिक्षा पब्लिक गुड भएको कुरा संविधानले स्पष्ट रुपमा बोलेको उल्लेख गर्नुभयो । शिक्षामन्त्री भट्टराईले शिक्षा विधेयक चाँडै अघि बढ्ने पनि बताउनु भयो । उहाँले संविधानलाई कार्यान्वयन गर्नको लागि ३ वर्षभित्र ऐन ल्याउनुपर्ने भएपनि अहिले आएर मात्रै शिक्षा ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले भनेका कुराहरु अहिले पनि सान्दर्भिक रहेकाले कार्यान्वयन गरेर जाने प्रतिवद्धता जनाउनु भयो । उहाँले शिक्षा ऐन अहिलेको शिक्षा व्यवस्थालाई सुधार गर्नेगरी आएको बताउनु भयो ।

उहाँले सरकारको तीनै तहलाई जिम्मेवार बनाउने गरी विद्यालय शिक्षा विधेयक आउनुपर्ने बताउनु भयो । उहाँले संविधानले विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार दिएको बताउनु भयो । उहाँले स्थानीय तहको अधिकारलाई पूर्णरुपमा कायम गर्नसक्ने गरी संघ र प्रदेशले अभिभावकत्व लिएर जाने गरी ऐन बनाउनुपर्ने बताउनु भयो । उहाँले पूर्णरुपमा स्थानीय तहलाई जिम्मा दिँदा के—के दिने स्थानीय तहको सामथ्र्यको आधारमा स्थानीय तहलाई दिएको अधिकार सहितको सुदृढ शिक्षा क्षेत्र सुधारको लागि संघ र प्रदेशले गर्ने कामको मार्गदर्शन गर्नेगरी विद्यालय शिक्षा ऐन आउनुपर्ने बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयकमा पेचिलो बनेको कुरा निजी वा संस्थागत विद्यालय सञ्चालनको प्रक्रिया र लगानी व्यवस्थित बनाउने रहेको बताउनु भयो । सो विषयमा पनि सरकारले निर्णय गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले समितिमा छलफलमा रहेको शिक्षा विधेयक ऐन बन्छ । उक्त ऐन संविधानलाई कार्यान्वयन गर्न ल्याएका हौं । मौलिक हकलाई कार्यान्वयन गर्नको लागि ३ वर्षभित्र ऐन ल्याउनुपर्ने भएपनि यतिका वर्षपछि कार्यान्वयन गर्न लागिरहेका छौं । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन ल्याइसक्यौं । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले भनका कुराहरु अहिले पनि सान्दर्भिक छन् । कार्यान्वयन गरेर जाने प्रतिवद्धता छ । शिक्षा ऐन अहिलेको शिक्षा व्यवस्थालाई सुधार गर्नेगरी विद्यालय शिक्षा सुधार गर्नुपर्छ भनेर ल्याएको हो । सरकारको तीनै तहलाई जिम्मेवार बनाउनपर्छ भनेर अनिवार्य तथा निशुल्क शिक्षा ऐनले भनेको कुरालाई विद्यालय शिक्षा विधेयकले पनि बोक्नुपर्छ । संविधानले विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार हो भनेको छ । स्थानीय तहहरुले पनि हाम्रो अधिकार भन्नुभएको छ । नेपालको शिक्षा ऐन २०२८ सालकै क्रियाशिल छ । अहिलेको शिक्षा ऐन त्यो ऐनलाई बेस बनाएर नबनाउने हो । अहिलेको ऐन संघले ऐन बनाउने र आवश्यकताको आधारमा स्थानीय तहरुले पनि बनाउने अवधारणाका आधारमा आएको छ । स्थानीय तहको अधिकारलाई पूर्णरुपमा कायम गर्नसक्ने गरी संघ र प्रदेशले अभिभावकत्व लिएर जानुपर्छ भन्ने कुराबाट ऐन बनाउनुपर्छ ।

पूर्णरुपमा स्थानीय तहलाई जिम्मा दिँदा के—के दिने स्थानीय तहको सामथ्र्यको आधारमा स्थानीय तहलाई दिएको अधिकार अधिकार सहितको सुदृढ शिक्षा क्षेत्र सुधारको लागि संघ र प्रदेशले गर्ने कामको मार्गदर्शन गर्ने गरी विद्यालय शिक्षा ऐन आउनुपर्छ । अहिले पेचिलो बनेको कुरा निजी वा संस्थागत विद्यालय सञ्चालनको प्रक्रिया र लगानी व्यवस्थित बनाउने दोस्रो विषय बनेको छ । सार्वजनिक गुठी बनाउने विषय मस्यौदामा ल्याएका छौं । ऐनको लागि निर्णय गर्नुपर्ने कुरा आजको सन्दर्भमा सरकारले सबैकुरा गर्न सामथ्र्य नराख्ने हो र सबै गर्न सक्छ तर साझेदार कसलाई बनाउने निर्णय गर्नुपर्छ । शिक्षा पनि विकासको सूचक हो । म एउटा कुरामा स्पष्ट छु । विगतका शिक्षामा लगानी नाफाका हिसावले पनि सोच्यौं होला । कम्पनी ऐनबाट सञ्चालित भयौं । तर अब आजको सन्दर्भमा त्यो कुरालाई मुलुकको संविधानले स्वीकार गर्दैन । शिक्षा भनेको कल्याणकारी अवधारणाबाट अगाडि बढ्नुपर्छ । शिक्षा सेवा क्षेत्र हो । यसलाई कमोडिटिको रुपमा प्रयोग गर्नु हुँदैन । शिक्षा पब्लिक गुड भएको कुरा संविधानले स्पष्ट रुपमा बोलेको छ ।’

उहाँले विद्वानहरुले राजनीतिलाई नेतृत्व गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले जबसम्म प्राज्ञिकहरुले राजनीतिलाई नेतृत्व गर्न सक्दैनन् तबासम्म शिक्षा क्षेत्रमा विचलन आइरहने बताउनु भयो । उहाँले शिक्षामा राजनीतिकरण भयो भन्ने कुराहरु आउने गरेको भन्दै शिक्षामा राजनीतिकरण नभएको बताउनु भयो । उहाँले नेपालको शिक्षा र नीति अहिलेसम्म नजोडिएको बताउनु भयो । उहाँले शिक्षासँग राज्य संरचना नजोडिएको बताउनु भयो ।