४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी

बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी
अ+ अ-

पाँचथर । यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पुर्याउने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ ।

पाँचथरको याङवरक तथा फालेलुङ गाउँपालिकासहित ताप्लेजुङ र इलामका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने छुसा छुर्पी विगतमा भारतका व्यापारीले सिक्किम राज्यमा लैजाने गर्दथे । अहिले भने पूर्वी भारतका धेरै बजारसम्म यो छुर्पी पुग्ने गरेको याङवरक गाउँपालिका––१ का छुर्पी उत्पादक राजेन्द्र खालिङ राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँ उत्पादित यो छुर्पी भरियाले बोकेर नेपाल–भारत सीमासम्म पुर्याउने गर्दछन् । त्यहाँबाट भारततर्फका व्यापारीले बम्जु (गोरु)लाई बोकाएर बजारसम्म पु¥याउने गरेका छन् ।

शेर्पा भाषाको ‘छुसा’को अर्थ टुक्रा भन्ने हुन्छ । विशेषतः सिक्किमका व्यापारीले नेपालमै आई छुर्पी उत्पादकलाई यसको सीप सिकाएर गएपछि यहाँ यो छुर्पी उत्पादन थालिएको हो । “व्यापारीहरु आफैंँ आएर टुक्रा बनाउन र टुक्राको माला बनाउन सिकाएर गएपछि यो छुर्पी बनाउन थालेका हौंँ”, खालिङले भन्नुभयो, “हामीले उत्पादन गरेको सबै छुर्पीले बजार पाइरहेको छ ।”

उच्च पहाडका दुग्ध डेरी तथा गोठालाहरुले यो छुर्पी बनाउने गर्दछन् । छुर्पी बनेपछि व्यापारीले दिएको आकारमै टुक्रा पारी डोरीमा माला उनेर सुकाउने गरिएको छ । उच्च पहाडमा यातायातको पहुँच राम्रो नभएका कारण भारतका व्यापारीले आफैंँ भरिया खोजेरसमेत यो छुर्पी गोठ–गोठबाट सङ्कलन गर्ने गरेको खालिङको भनाइ छ । नेपालका धेरै छुर्पी उत्पादकले कुकुरले खाने (डगइट) छुर्पी उत्पादन गर्ने गर्दछन् ।

डगइट छुर्पीको तुलनामा यसको मूल्य कम भए पनि यहाँका किसानले यही छुर्पी बनाउने गरेका छन् । “अर्को छुर्पी बनाउन गाह्रो छ, यहाँ घाम कम लाग्ने हुँदा सुकाउन समस्या हुन्छ, कहिलेकाहीँ छुर्पी फुलिने समस्या हुन्छ”, पाँचथरको याङवरक–१ वडाध्यक्षसमेत रहनुभएका खालिङले भन्नुभयो, “तर छुसामा बिग्रिने समस्या हुँदैन ।” अर्कोतर्फ यो छुर्पी जति समय भण्डारण गरेर राखे पनि बिग्रिदैन ।

यो छुर्पी प्रतिमाला रु एक सय ८० मा बिक्री हुने गरेको छ । खालिङका अनुसार यो छुर्पीमा चिल्लोको मात्रा अत्यधिक हुने गर्दछ । डगइट छुर्पी बनाउन दूध फटाएर दुईदेखि तीन पटक धोएर सुकाउने गरिन्छ । तर छुसा छुर्पी भने फाटेको दूध नधोइ थप दूध लगाइ बनाइने खालिङले जानकारी दिनुभयो । यो छुर्पी खाँदा रसिलो हुने गरेको उत्पादक बताउँछन् ।

उच्च पहाडमा गुणस्तरीय छुसा छुर्पी उत्पादन हुने भए पनि नेपाली बजारले चिन्न नसकेको खालिङको भनाइ छ । “नेपालको बजारमा यो छुर्पी पुर्याउन र उपभोक्तालाई स्वाद चखाउन सके राम्रोसँग चल्ने थियो”, खालिङले भन्नुभयो, “सबैले रसिलो छुर्पी खान पनि पाउँथे ।”

खालिङको परिवारले यो छुर्पी उत्पादन गर्न थालेको तीन वर्ष हुन लाग्यो । विगतमा डगइट छुर्पी उत्पादन गर्ने उत्पादकले उक्त छुर्पीले बजार नपाउँदा धेरै सास्ती पनि भोग्नुप¥यो । “अहिले हामी महिनामा ५०० देखि ६०० माला यो छुर्पी बनाउछौँ”, खालिङले भन्नुभयो, “अहिलेसम्म यो छुर्पीमा कुनै समस्या खेप्नु परेको छैन् ।” रासस