१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री

निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री
अ अ+ अ-

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधीलाई अझै पत्ता लगाउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गुनासो गर्नुभएको हो ।

उहाँले जलनपीडितहरुको समस्या पनि विकराल रहेको बताउनु भयो । उहाँले प्रविधिको विकाससँगै घरेलु र महिला हिंसाका घटना अहिले सतहमा देखिरहेको बताउनु भयो । उहाँले नेपाल महिला अधिकारको सम्बन्धमा समावेशी रहेको भएपनि महशुस हुने किसिमले व्यवस्थापन गर्न नसकेको बताउनु भयो । उहाँले इमर्जेन्सी सेवा सबैलाई निःशुल्क हुनुपर्ने भएपनि टिकट काटेर आएमात्रै बिरामी भर्ना गर्ने नत्र फर्काइदिने संस्कृति राम्रो नभएको बताउनु भयो । उहाँले पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने रु भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ । तर हामीले गरेको निर्णयलाई व्यवहारिक ढंगबाट पूर्णरुपमा कार्यान्वयन गर्न सकेका छैनौँ । त्यो मात्रै विषयले अब पुग्दैन । अरु विषय त्यहाँ जोडिएका छन् । सबैकुरा भइसकेको छ तर भएको महशुस हुन किन सकेको छैन । कहाँनेर समस्या छ । भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन । मलाई धन्यवाद दिन जलन पीडितहरु आउनुभएको थियो । बुहारीले छोरी जन्माइ भनेर उनको अनुहारमा एसिड छरिएछ । अहिले घरसँँग सम्बन्ध छैन, उहाँले कसरी उपचार गर्नुभयो, अहिले सामान्य सिलाइबुनाइको कार्यक्रम गरेर जीवन गुजारिरहनुभएको छ ।’

‘दाइजो नपाएर त्यस्ता घटना थुप्रै भएका छन् । बलात्कारको घटना त एकदमै धेरै भइरहेको जस्तो देखिन्छ । महिला अधिकारको सम्बन्धमा नेपाल यस्तो देश हो, जुन देशमा पाल्र्यामेण्ट समावेशी छ । सबै पक्षमा समावेशी व्यवस्था सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बाबजुत पनि महशुस किन गर्न सकेका छैनौँ । इमर्जेन्सी सेवा त सबैलाई निःशुल्क हुनुपर्ने हो तर इमर्जेन्सीमा छिर्दा त… म स्वास्थ्यमन्त्री हुँ यो भन्न हुने हो की होइन थाहा छैन । इमर्जेन्सीमा छिर्दा टिकट काटेर आउ । टिकट काट्ने पैसा छैन भने जाउ । पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने हो । अनि त्यसपछि पैसा छ वा छैन भनेर सोध्ने हो रु यत्रा मन्त्रालय छन्, हामी यति धेरै छौँ । हामीले गर्न नसकेको की नचाहेको हो रु हामीलाई प्रश्न उठ्नसक्छ ।’

मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताउनु भयो ।