२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले १७ ठाउँमा तोक्यो उम्मेदवार



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले १७ जना उम्मेदवार छनोट गरेको छ ।

रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाशकुमार बुढा र जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवारमा पार्वती पुनलाई चयन गरेको छ ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठ, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजाता फडेरा (थापा) र काठमाडौ महानगरपालिका-१६ का लागि रोजिना श्रेष्ठलाई चयन गरेको छ ।

निर्वाचन आयोगले उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिको बनाएको छ । रास्वपाले २५ स्थानका उम्मेदवार छनोट भने प्रक्रियामा रहेको जनाएको छ ।