१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा

चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँः विपना थापा
अ अ+ अ-

काठमाडौँ । ‘नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहनुभएका अभिनेत्री विपना थापाका बाबु आफ्नी राम्री छोरीलाई पनि मनिषा कोइराला जस्तै नायिका बनाउँछु’, भन्ने गर्नुहुन्थ्यो । सायद राजनीतिक विरासत बोकेको परिवारमा जन्मनुभएकी अभिनेत्री मनिषाको छायाँ उहाँले आफ्नी छोरीमा पनि देखेको हुनुपर्छ ।

भारतको बलिउड नगरीमा एउटी नेपाली छोरीको ओजपूर्ण चर्चाले उहाँमा त्यो सोच आएको हुनुपर्छ । तर विडम्बना थापाका बाबुले छोरीलाई नायिकाका रुपमा सिनेमाको पर्दामा कहिल्यै देख्न पाउनुभएन । विपना छ वर्षको हुँदा उहाँ दिवङ्गत हुनुभयो । उहाँलाई बुबाको त्यतिधेरै सम्झना पनि छैन ।

आफ्ना बाबुको सपना सुनेकी अभिनेत्री विपना सानै उमेरदेखि नाच्नमा पारगङ्त हुनुहुन्थ्यो । काठमाडौँ स्युचाटारमा जन्मिनुभएकी विपनासँग स्कुले जीवनमा के हुने र के गर्ने कुनै लक्ष्य थिएन । चर्चित नृत्याङ्गना विमला श्रेष्ठ उहाँको छिमेकी हुनुहुन्थ्यो । नाच्न सिपालु विपना विमलालाई हेर्दै आफूलाई त्यस्तै बनाउने कल्पना गर्नुहुन्थ्यो र आफैँलाई भन्नुहुन्थ्यो, “कुनै दिन म यी विमला फुपूजस्तै नाच्ने हुन्छु ।”

नभन्दै विपना नाच्नमा यति सिपालु हुनुहुन्थ्यो कि कक्षा ९ मा पढ्दै गर्दा नै स्कुलको वार्षिकोत्सवका लागि अरूलाई नृत्य सिकाउनुहुन्थ्यो । आफ्ना बाबुको मनिषा जस्तै बनाउने सपना र अर्कोतर्पm विमला फूपु झैँ नृत्यङ्गना हुने चाहनाका बीच १३ वर्षको उमेरमा नै उहाँका लागि अभिनयको ढोका खुल्यो । त्यो मौका उहाँलाई निर्देशक रेशराज आचार्यले दिनुभएको थियो ।

उहाँ बाल कलाकारका रुपमा भएको अभिनय यात्रा यसरी सम्झना गर्नुहुन्छ । “उहाँ मेरो बाबाको साथी हो । उहाँले मलाई ‘आमा’ भन्ने टेलिशृङ्खलामा छोरीको भूमिकामा पहिलोपटक अभिनय गराउनुभएको थियो । मेरो अभिनय यात्रा सोही टेलिशृङ्खलाबाट बाल कलाकारका रुपमा भएको हो । त्यो टेलिशृङ्खलाको सुटिङ सकिँदासम्म म १४ वर्षको भइसकेकी थिएँ । त्यो टेलिशृङ्खला छायाङ्कन भए पनि कहिले पनि ‘रिलिज’ भने हुन पाएन ।” टेलिशृङ्खला प्रसारणमा नआए पनि यसले उहाँको अभिनयको लामो यात्रा कोरिदिने काम भने ग¥यो ।

यो २०५१ सालतिरको कुरा हो । आचार्यले त्योसँगै विपनालाई शक्ति साबुनको विज्ञापनमा समेत अभिनय गराउनुभयो । ‘आमा’ टेलिशृङ्खलाको सुटिङका दौरानमा कलाकार तथा निर्देशक मोहन निरौला सुटिङस्थल पुग्नुभएको थियो । दुवै जनाको पुरानै मित्रताको चिनाजानी थियो । उहाँले सुटिङमा विपनालाई सिनेमा गर्ने प्रस्ताव गर्नुभयो । त्यतिबेला मोहन एउटा सिनेमा निर्देशनको तयारी गरिरहनुभएको थियो । भर्खर १४ वर्ष लाग्नुभएकी विपनाले टेलिशृङ््खलालाई नै सिनेमा मानिरहनुभएको थियो र उहाँले अबोध शैलीमा मोहनको प्रस्तावमा ‘मैले त खेलिसकेँ’ भन्ने जवाफ दिनुभयो । निरौलाले विपनालाई पुनः ‘ठूलो पर्दाको फिल्म खेल्ने हो’ भनेर सोध्नुभएपछि भने विपनाले ‘मेरो घरमा आएर सोध्नुस्’, भन्ने जवाफ दिनुभयो । त्यसपछि निर्माता छविराज ओझा, राजकुमार शर्मा, निरौलालगायतका विपनाको घरमै पुग्नुभयो र परिवारसँग कुरा गर्नुभयो । “एसएलसी दिएको पर्सिपल्टको कुरा हो यो”, उहाँले भन्नुभयो । परिवारले विपना थापालाई सिनेमा गर्ने अनुमति दियो । यसरी ‘जन्मभूमि’ उहाँको डेब्यू सिनेमा हुनपुग्यो ।

नायिका हुने पक्का भएको दिन उहाँले आफ्नो पिताजीले भन्नुभएको कुरा स्मरण गर्नुभयो र यस्तो सोच्नुभयो, ‘‘ओहो १ म त कत्रो ठूलो के–के भइछु लागेको थियो किनभने मैले अभिनेत्री भनेर चिनेको–सुनेको नाम मनिषा कोइराला थियो । उहाँ राजनीतिक परिवारमा जन्मिएकी र हुर्केकी मान्छे । अनि मेरो बुबाले पनि यसलाई त मनिषाजस्तो नायिका बनाउनुपर्छ भन्नुहुन्थ्यो सानैदेखि । त्यसैले नायिका हुने पक्का हुनेबित्तिकै मैले मनिषा म आफू नै हो कि भनेर अनुभव गरिरहेकी थिएँ । म पनि त्यस्तै बन्ने भएँ भन्ने लागेको थियो ।”

विपनाले आफ्नो पहिलो सिनेमाका लागि पारिश्रमिक पाँच हजार रुपैयाँ र मुट्ठीभरि त्यतिबेलाको लोकप्रिय ह्वाइट ¥याबिट चक्लेट पाउनुभयो । पाँच हजार पैसाले धेरै खुसी हुनुभयो या एक मुट्ठी चकलेटले भन्ने प्रश्नमा उहाँ हास्नुभयो । ‘ओहो ! पाँच हजार रुपैयाँ भयो । त्यो पनि आजभन्दा करिब २८–२९ वर्ष अगाडि, आजको पाँच लाख सरहको पैसा होला त्यो सायद ।’

पाँच हजारमा पहिलो सिनेमा खेल्नुभएकी विपनालाई त्यस वर्ष सिनेमाको ओइरो नै लाग्यो । त्यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सहित सात वटा सिनेमामा काम गर्नुभयो । पाँच हजार र एक मुठ्ठी ह्वाइट ¥याबिट चक्लेटबाट सुरु भएको उहाँको पारिश्रमिक बाँकी छ सिनेमामा कुनैमा २० त कुनैमा २५ हजार रुपैयाँ पारिश्रमिक लिनुभयो । ठ्याक्कै सम्झना नभए पनि उहाँले सोही वर्ष ३५ हजारसम्म पैसा पाएको सम्झना छ ।

सिनेमा उद्योगबाट बिदा नहुँदासम्म अधिकतम पाँच लाख रुपैयाँ बुझ्नुभयो । यो रकम लिँदा नेपाली रजतपट बृत्तमा ठूलै हल्लाखल्ला भएको विपना बताउनुहुन्छ । “त्यो बेलामा राजेश हमाल–विपना थापाले त एउटै सिनेमाको पाँच लाख रुपैयाँ लिन्छन् भनेर ठूलै हल्लाखल्ला भएको याद छ । यो पैसा मैले ‘वरमाला’ र ‘बहादुर’ भन्ने दुई वटाका लागि मात्र लिएकी थिएँ”, थापाले भन्नुभयो । २०५१ सालमा सुरु भएको उहाँको त्यो अभिनय यात्रा २०६५ सालसम्म करिब १५ वर्ष लगातार व्यस्ततामै बित्यो ।

उहाँ आफूलाई अभिनेत्रीका हिसाबले डेब्यू सिनेमा ‘जन्मभूमि’ले नै परिपक्व बनाएको बताउनुहुन्छ । यसो हुनुको पछाडि उहाँसँग सो सिनेमामा सँगै काम गर्नुभएका त्यतिबेलाका चर्चित र प्रतिभाशाली कलाकारलाई दिनुहुन्छ । त्यो सिनेमामा त्यतिबेलाका चर्चित अनुहारहरु सरोज खनाल, शिव श्रेष्ठ, मौसमी मल्ल, गीताञ्जलि तथा सुनिल थापालगायतका कलाकारको पल्टन नै थियो ।

“चर्चित कलाकारहरुको भिडमा म १४ वर्षकी सानी केटी पहिलोपटक सिनेमा खेल्दै थिएँ । उहाँहरुबीच म पहिलोपटक ठूलो पर्दाको सिनेमा खेल्दै गरेकी केटीलाई अभिनय सिकाउने प्रतिस्पर्धाजस्तो हुन्थ्यो”, उहाँले भन्नुभयो, “सरोज दाइसँग सिन पर्दा बसुन्धरा भुसाल दिदी आएर सरोजले आफ्नो मात्र अनुहार देखाउला नि नानी भन्नुहुन्थ्यो, मौसमी दिदीले त्यस्तै भनेर गाइड गर्ने, सरोज दाइले त्यस्तै भन्ने । सब मेरो गुरुजस्तो हुनुभयो र सिकाउनुभयो ।” विपनाका अनुसार दिग्गज कलाकारहरुको मार्गदर्शन र सिकाइले सिनेमाको लाइट, क्यामरासँग कसरी साक्षात्कार गर्ने भनेर उहाँलाई दोस्रो सिनेमाको अनुभव आवश्यक परेन ।

त्यो वर्ष लगातार सात सिनेमामा अभिनय गर्नुभएकी विपनाले डेब्यू वर्षमा नै सर्वोत्कृष्ट नवअभिनेत्री अवार्ड उचाल्न सफल हुनुभयो । “यो वर्ष डेब्यू सिनेमा ‘जन्मभूमि’सँगै, गोठालो, अपहरण, चुनौती गरी सात सिनेमा खेलेँ । त्यो वर्ष मैले सर्वोत्कृष्ट नवअभिनेत्री तथा व्यस्त अभिनेत्रीको अवार्ड जितेँ”, उहाँले सुनाउनुभयो ।

त्यो समयमा यो–त्यो भूमिका कथा विषयवस्तु नभनी सिनेमाहरु गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँ प्रस्ताव आएका र समयले भ्याएसम्मका सिनेमा गरेको सम्झनुहुन्छ । हामी यो त्यो सिनेमा गर्दैनथ्याँै । प्रस्ताव आएका सबै सिनेमा गथ्र्यौं । समय मिलायो काम ग¥यो, अब अहिलेजस्तो परिपक्व भएर पनि आइएको हुँदैनथ्यो । हामी निर्देशकले जे भन्यो त्यो गथ्यौँ । यो गर्छु, त्यो गर्दिन, यस्तो खाँदिन भन्ने पनि हुन्नथ्यो । एउटा पारिवारिक माहोलमा काम गथ्र्थौंं ।”

पर्दामा उहाँको कुशल नृत्यकौशल र अभिनय क्षमताबाट नै दर्शकमाझ लोकप्रिय बन्न सफल हुनुभयो । उहाँ आधुनिक युवती, बुहारीलगायतका सबै भूमिकामा फिट लाग्नुहुन्थ्यो र सबैभन्दा बढी एउटा मेहनती कलाकारको परिचय उहाँले बनाउनुभएको थियो । करिब एक सय १४ वटा सिनेमामा अभिनय गरेको बताउनुहुने विपनाले धेरै सिनेमा उस्तै खालको भूमिका गरे पनि ‘तँ त साह्रै नै बिग्रिस नि बद्री १’ सिनेमामा निर्वाह गरेको चरित्रलाई कहिल्यै बिर्सन सक्नुहुन्न । सुरुमा उहाँलाई नायिकाको सकारात्मक भूमिकामा काम गराउने सहमति भए पनि परिस्थितिवश नकारात्मक भूमिका गर्नुपर्ने बाध्यता आइप¥यो । उहाँले त्यो भूमिकालाई खुबै टार्न खोज्नुभयो । सो भूमिका नगराइयोस् भनेर सिनेमाका निर्माता–निर्देशकसँग रुनुसमेत भयो ।

त्यो समयमा सकारात्मक भूमिका गर्दै आएको अभिनेत्रीले नकारात्मक भूमिका गर्नु ‘करियर’कै लागि ठीक नहुने सोचिन्थ्यो र कलाकारहरु पनि सोही कुरामा विश्वास मान्थे । विपनाले सो सिनेमा खेल्नुअघि नायिकाका रुपमा सकारात्मक भूमिकामा देखिँदै आउनुभएको थियो । यो सिनेमामा नकारात्मक भूमिका खेल्दा भोलिका दिनमा आफूलाई असर गर्नसक्ने उहाँको बुझाइ थियो । पछि उहाँको बिहेमा कन्यादानसमेत दिनुभएका निर्माता किरण केसीले सम्झाएपछि मात्र मनले नमानीनमानी अभिनय गर्नुभयो ।

सो सिनेमाको ‘ह्विस्की’ नामको पात्र आजसम्म पनि उहाँलाई मन पर्दैन । ‘अर्काको श्रीमानसँग लाग्ने र घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती पनि बनाउन खोज्ने मान्छे मलाई पहिलोदेखि नै मन नपर्ने । मेरो पात्र ठ्याक्कै त्यस्तै सिनेमामा । त्यो पात्र मलाई पटक्कै गर्न मन लागेको थिएन । तर हरिवंश आचार्य र किरण केसीले यो एउटा चरित्र हो, कलाकार भएपछि हरेक किसिमको भूमिका गर्नुपर्छ, यसले तिम्रो फिल्मी ‘करियर’मा कुनै पनि नकारात्मक असर गर्दैन भनेर कर गरेपछि मैले गरँे ।’ सिनेमा ‘रिलिज’ भएपछि उहाँले जे सोचेर डर मान्नुभएको थियो, ती कुनै पनि कुराले उहाँलाई असर गरेन । उहाँ त्यसपछि पनि सकारात्मक भूमिकाको रोजाइमा परी नै रहनुभयो ।

विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली सिनेमा उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उहाँको भनाइ छ । नेपाली सिनेमामा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताउनुहुन्छ । ‘१४ वर्षबाट सुरु मेरो सिनेमा यात्राका सक्रिय वर्षहरु हरेकवर्ष पाँच÷सातवटा सिनेमा खेल्दैमा बिते । अन्तिम सिनेमा गर्दासम्म म व्यस्त नै थिएँ । १४–१५ वर्षको त्यो उमेरमै सिनेमामा नभए कता हुन्थे भनेर कहिले सोच्ने फुर्सद नै भएन ।’

आफ्ना जीवनका व्यस्त दैनिकीमा उहाँले लगातार ३६ घण्टासम्म लखतरान भएर ढल्ने गरीसम्म काम गरेको सम्झनुहुन्छ । ‘मलाई याद छ । मैले नसुतीनसुती लगातार ३६ घण्टा सिनेमाको सुटिङ गरेको छु । अर्जुन भन्ने सिनेमामा धिरन शाक्यसँग बालाजुको बाइसधारा सिनेमामा त्यसरी काम गरेको थिएँ । त्यो बेला सुटिङ गर्दागर्दै बाइसधारा माथिबाट सिधै भुइँमा लडेँ । धिरेन दाइले नसमात्नुभएको भए आज विपना जीवित हुँदैन थिएँ होला । लगातार ३६ घण्टा काम गर्दा म निकै कमजोर भएको थिएँ ।

त्यस्तो व्यस्तालाई चट्टै छोडेर घरजममा लाग्नुभएकी विपना १७ वर्ष पछाडि ‘ह्रस्वदीर्घ’ सिनेमामार्फत पुनः नेपाली रङ्गीन दुनियाँमा फर्किंदै हुनुहुन्छ । यो आफ्ना पति र छोराका कारण सम्भव भएको उहाँ बताउनुहुन्छ । “अहिले सिनेमामा फर्किनुको कारण मेरो छोरा र श्रीमान् हो । बाबुछोराले नै काम गर्न मन लागेको छ भने गर्नु भनेपछि फर्किएकी हुँ ।” विपनाका श्रीमान्ले “यो जीवन भनेको तिम्रो आफ्नो रोजाइको जीवन हो भनेर होस्याउनुभयो भने छोराले पनि म आफूलाई हेर्नसक्छु तपाईं काम गर्नुस् भने । त्यसो त उहाँकी सासू पनि बुहारीको इच्छा मार्ने पक्षमा हुनुहुन्थेन तर विवाहपछि छोराको जन्म र अन्य घरायसी परिस्थितिले विपना सिनेमामा फर्कन पाउनुभएन ।

“मेरो सासूलाई मेरो सुटिङ हेर्ने असाध्यै रहर थियो । विवाह लगत्तै एक÷डेढ वर्षमै म गर्भवती भएँ । सन्तानका कारण काम गर्ने कुरा भएन, त्यसपछि मेरो सासूलाई क्यान्सर भयो । घरको जेठी बुहारी भएपछि उहाँलाई हेर्नुप¥यो”, उहाँले भन्नुभयो, “त्यसपछि ससुरा बिरामी पर्न थाल्नुभयो, फेरि उहाँको हेरविचार गर्नुप¥यो । यस्ता कुराले चाहेर पनि परिवारको समर्थन हुँदाहुँदै पनि मैले आफूलाई निरन्तरता दिन सकेकी थिइन । अहिले जिम्मेवारी कम छ, कामका लागि समय छ ।”

यस बीचमा सामाजिक सञ्जालमा पोस्टहरु हाल्दा उहाँलाई सिनेमामा फर्किनुपर्ने सुझावहरु प्रशस्तै आए । यसले पनि उहाँलाई सिने क्षेत्रमा फर्किन हौस्यायो । अहिले उहाँको हातमा तीन–चारवटा सिनेमा छन् । वर्षौंपछि ‘सुटिङसेट’मा पुग्दा उहाँ भावुक हुन पुग्नुभयो । विछोडिएको बछेडीले आमा भेटेजस्तो । “वर्षौंदेखि मन परेको मान्छेलाई भेट्दा कति रुन मन लाग्छ, मलाई त्यस्तै भयो । त्यो सम्झिदा अहिले पनि मेरो आँखा भरिन्छन् । पुराना पत्रकार साथीहरुलाई भेट्दा पनि मलाई भावुक बनायो ।’ यही कात्तिक ३० गते उहाँ अभिनित ‘हस्व दीर्घ’ रिलिज हुँदैछ ।