६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मसमीक्षासहित जनताको घरमा जान कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिनुभएको छ ।

बुधवार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न आफूले चाहेको बताउनु भयो । उहाँले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरु बदलिन चाहेको बताउनु भयो । उहाँले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी भएको बताउँदै अब जनताको घरघरमा पुगेर आफ्ना एजेण्डाहरु प्रश्तुत गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो उपचुनावमा सिंगै राजनीतिक वृत्तको ध्यान केन्द्रित छ भने कीर्तिपुरमै छ । त्यसकारण म अहिले धेरै कुरा भन्ने भन्दा पनि यहाँको इतिहास र यहाँका जनताको स्वाभिमानको निम्ति वीरता र विद्रोहको प्रतिकको रुपमा स्थापित कीर्तिपुरको समग्र विकासका निम्ति र एउटा नयाँ विकास, प्रगति र समृद्धिको अभियान शुरु गर्न पनि कीर्तिपुर महत्वपूर्ण थलो हो । त्यसकारण यस पटक हामीले साँच्चै एउटा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुछ । त्यसकारण मैले के अनुरोध गर्दछु भने हामीले सायद विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटी र कमी पनि गरेका छौँ । हामी आफैँ कार्यकर्ताहरु जुट्ने, छलफल गर्ने, भाषण गर्ने, घर जाने बस्ने जस्तो पनि हाम्रो विगतको कतिपय सन्दर्भको प्रचलन छ ।’

‘म तपाईंहरु सबैलाई आजदेखि ठूलाठूला सभा, समारोह र आफैँ आफैँ जम्मा भएर भाषण गर्ने काम भन्दा टोलटोलमा, घरघरमा र जनताजनतासँग भेटेर उहाँहरुका कुरा सुन्ने र आफ्ना प्रतिवद्धताहरु उहाँहरुलाई बताउने काममा तपाईंहरुले समय खर्च गर्नुहोला । यस्ता कार्यक्रमहरु धेरै गरेर धेरै भोट आउँदैन । हामी सबै टोलटोलमा गयौँ, घरघरमा गयौँ, प्रत्येक जनतासँग भेटघाट ग¥यौँ । उनीहरुका दुःख सुन्यौँ, हाम्रा कमिटमेण्टहरु उनीहरुसँग प्रश्तुत ग¥यौँ भने त्यो अर्थपूर्ण हुन्छ । त्यस कारण म यो पटक तपाईंहरुलाई विशेष रुपले निर्देशित गर्न चाहन्छु, घरघरमा जाने, टोलटोमला जाने गर्नुस् । आत्मसमीक्षासहित जानुस् । हामीले यहाँको जनता र देशभरको जनताले हामीबाट जे जस्तो अपेक्षा गरेको हो, हामीले राम्रोसँग पूरा गर्न सकेनाँै । हामीले हाम्रो जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ । हामी बदलिन चाहन्छौँ । जनताको पक्षमा, जनताको मुक्तिको लागि एउटा नयाँ आन्दोलन शुरु गर्न चाहन्छौँ । आत्मसमीक्षा र आत्मालोचनासहित जनताको घरमा जान, टोलटोलमा जान र प्रत्येक व्यक्तिलाई भेट्न जरुरी छ ।’

अध्यक्ष दाहालले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनैपनि कमजोरी हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।