२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र दशैं



अ+ अ-

निधारभरी जुन टिका लाएर घरबाहिर निस्किदा
म आफूलाई संसारै जित्ने भाग्यमानी ठान्दथें !
अचेल त्यही टिका देखेर 
मानिसहरु सोध्दछन्, 
ह्वाट् ह्यापेन्ड माई फ्रेण्ड ? 
प्लिज कल नाइन वानवान, इफ यू आर ह्याभिङ एनि प्रोब्लम्स !
र, टिका टिकाजस्तो रहेन !
अनि जीवन ?
जीवन पनि त्यस्तै !

जब दशैं सम्झिन्छु र देश
जब म जीवन सम्झिन्छु र परिवेश
आगो आफै डढेको जस्तो लाग्छ
खरानी आफै खरानी भएजस्तो लाग्छ
मन आफै अमनजस्तो 

टुक्राटुक्रा पारेर भाग लगाउँछु बितेका पलहरु
र तिनको वरिपरि बसेर सपनाहरुलाइ खान्की बाँड्छु 
अनि सम्झिन्छु देश र दशैं
यस्तो लाग्छ
जिन्दगीमा पाउनु, थुपार्नु वा हाँसिल गर्नु भनेको 
जम्माजम्मी मन रहेछ, 
जम्माजम्मी नाटक रहेछ 
हे भाई, हिँड्, फर्की तेरो आप्mनै गुँड
जहाँ केही पनि नकमाईकन कमाई छ
जहाँ केही पनि नहारिकन जित छ
जहाँ छ जीवित जीवन
जहाँ देश छ र दशैं छ 
 




भर्खरै