९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण भएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको उनले आफ्नै फेसबुक पेजमा पुष्टि गरेका छन् ।

यसपालि पनि उनको परिवारलाई नै कोरोना सङ्क्रमण भएको छ । आठ महिनाअघि पनि परिवारलाई नै सङ्क्रमण भएको थियो । 

शर्माले लेखेका छन्, “आठ महिनापछि फेरि सपरिवार सङ्क्रमित । सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा सङ्क्रमण, आत्मालोचित छु, लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट पोजिटिभ, चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन, एकसातामा फर्किन्छु काममा, भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूवैक क्षमा चाहन्छु ।”