१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ ।

टोलीका‌ मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्ट ले संयुक्तरुपमा जर्सी सार्वजनिक गर्नुभयो । मार्की दीपेन्द्रले आफू र टोली मालिक दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीसँग उत्कृष्ट व्यवस्थापन रहेको बताउनुभयो ।

ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले नेपालको क्रिकेटलाई नयाँ उचाईमा‌ पुरयाउने प्रयासका क्रममा एनपिएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिनुभयो । क्यानका सचिव पारस खड्काले एनपिएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने क्रममा रहेको बताउनुभयो ।

टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले ४८ वर्ष देखि आफू‌ क्रिकेटमा रहेको स्मरण गर्दै सुदूरपश्चिम रोयल्सले दिएको जिम्मेवारीका लागि धन्यवाद दिनुभयो ।

अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगित संयोजन रहेको सुदूरपश्चिम रोयल्सको टिम एन्थम पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । यसक्रममा सुदूरपश्चिमको पहिचान दर्शाउन दशरथ सुनारले निर्देशन गरेको भिडियो पनि प्रस्तुत गरिएको थियो ।

टोलीका मालिक शाहले एनपिएलले नेपाली क्रिकेटको स्वर्णिम युगको सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने तर्क राख्नुभयो । सुदूरपश्चिम खेलकुदका लागि उर्वर भूमी रहेको औंल्याउँदै उहनेले सुदूरपश्चिमले भविष्यमा खेलाडी तयार पार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

हाम्रो टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) ।