२९ कार्तिक २०८१, बिहीबार
,
Latest
यु १९ विश्वकपमा छनोट नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता (तस्बिरहरु) कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ: प्रधानमन्त्री नेपालको बिजुली भोलिबाट बंगलादेश निर्यात हुने रुपन्देहीमा रवि लामिछानेको बयान सकियो प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी



अ+ अ-

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

नाम उल्लेख नगरिकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “आफ्नो उपराष्ट्रपतिपदको उम्मेदवारको रूपमा चयन गरेका रूवियोलाई ट्रम्पले विदेशमन्त्रीको सम्भावित उम्ेदवारका रूपमा प्रस्तुत गर्नुभएको छ । यो निर्णय अन्तिम होइन ।”

जर्मनीका लागि पूर्वराजदूत रिक ग्रेनेलसँगै रुबियोलाई अमेरिकी कूटनीतिको नेतृत्व गर्ने अग्रपङ्क्तिका व्यक्तिका रूपमा गत हप्तादेखि चर्चा गरिएको छ ।

रुबियोले गत साता सीएनएनसँग भन्नुभएको थियो, “म जहिले पनि यो देशको सेवा गर्न इच्छुक छु ।”

क्युबाको विरासत बोकेका कट्टर पन्थी सांसदको मनोनयनले ट्रम्पसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने क्रममा रुबियोले ट्रम्पलाई ‘ठग कलाकार’ र ’अहिलेसम्मकै सबैभन्दा अश्लील व्यक्ति’ भन्नुभएको थियो ।

मियामीमा क्युबाली आप्रवासीको कोखबाट जन्मिएका उहाँले सन् १९९३ मा फ्लोरिडा विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएको थियो ।

सन् २०१० मा बाराक ओबामा राष्ट्रपतिमा निर्वाचित भएपछि रिपब्लिकनहरूको अति दक्षिणपन्थी दल टी पार्टीले उहाँको चुनावी अभियानलाई बढावा दिँदै उहाँ अमेरिकी सिनेटमा निर्वाचित हुनुभएको थियो ।