२९ कार्तिक २०८१, बिहीबार
,
Latest
कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ: प्रधानमन्त्री नेपालको बिजुली भोलिबाट बंगलादेश निर्यात हुने रुपन्देहीमा रवि लामिछानेको बयान सकियो प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति यू-१९ महिला विश्वकपमा छनोट भएको टोलीलाई जनही २ लाख ५० हजार दिने क्यानको घोषणा सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोईराला चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार कल्याणकारी अवधारणाबाट शिक्षामा लगानी बढाउनुपर्छः शिक्षामन्त्री भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूजाको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । यू -१९ महिला टि–२० विश्वकप छनोटको चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको विशाल लक्ष्य दिएको छ । नेपालकी कप्तान पूजा महतोको शानदार शतकमा नेपालले कुवेतलाई विशाल लक्ष्य दिएको हो ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा जारी खेलमा पूजाले ६९ बलमा १२३ रनको ऐतिहासिक इनिङ खेलिन् । पूजाले आफ्नो इनिङमा १७ चौका प्रहार भने उनले २९ बलमा अर्धसतक र ५७ बलमा सतक प्रहार गरिन् । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।

तेस्रो विकेटका लागि पूजा र सोनी पाख्रिनबीच ८४ बलमा १५७ रनको साझेदारी गरेका थिए । यू-१९ महिला क्रिकेटमा यो सबैभन्दा ठूलो साझेदारीको रेकर्ड हो । सोनी ३३ बलमा ४३ रन बनाएर अविजित रहिन् ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

प्रतियोगिता नेपाल, कुवेत, यूएई र थाइल्याण्ड सहभागी छन् ।