२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ महिला विश्वकप छनोट: कुवेतविरुद्ध कप्तान पूजाको उत्कृष्ट शतक



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपाली ब्याटर पूजा महतोले शतक बनाएकी छन् ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा जारी खेलमा पूजाले कुवेतविरुद्ध शानदार शतक बनाएकी हुन् ।

यू–१९ क्रिकेटमा पुजाको यो पहिलो शतक हो । उनले ५७ बलमा १२ चौकासहित शतक पूरा गरेकी हुन् ।

आफ्नो पाँचौं खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म १६.२ ओभरमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ ।

प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोर्दै अङ्कतालिकामा ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै, कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।