१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलन मस्कको चेतावनी : पृथ्वीमा थोरै बच्चा जन्मिँदै छन्, मङ्गल ग्रहका लागि पाइने छैनन मानिस



अ+ अ-

वासिङ्टन । टेस्ला र स्पेसएक्स कम्पनीका सीईओ एलन मस्कले विश्वलाई गम्भीर चेतावनी दिएका छन् । मस्कले पृथ्वीमा जनसङ्ख्या निकै तीव्र गतिमा घट्दै गएको र अवस्था यस्तै रहे मङ्गल ग्रहका लागि मानिस कम हुने बताएका छन्। संसारका सबैभन्दा धनी व्यक्ति मस्कले मानिसहरूलाई सकेसम्म धेरै बच्चाहरू जन्माउन सल्लाह दिए। जनसङ्ख्या अचानक घट्दै गएकोमा बढी चिन्तित हुनुपर्ने उनको भनाइ थियो ।

एलन मस्कले एकपछि अर्को ट्विट गर्दै संयुक्त राष्ट्रसङ्घमाथि आफ्नो आक्रोश पोखेका छन् । पृथ्वीका लागि पर्याप्त मानिस नभएको खण्डमा मङ्गल ग्रहका लागि पनि पर्याप्त नहुने उनको भनाइ छ । उनले संयुक्त राष्ट्रसङ्घको अनुमान पनि मूर्खतापूर्ण रहेको बताए। “गत वर्ष जन्मेका बच्चाहरूको सङ्ख्याले आयुको अनुमानलाई गुणन गर्नुहोस्। बाल जन्मदर घट्दै गएको छ । यदि परिवर्तन भएन भने यो एक उत्कृष्ट उदाहरण हो”, उनले भने । 

‘भविष्यमा जापानमा ६ करोड ८० लाख मानिस मात्र रहनेछन्’

जापानमा बालबालिकाको जन्मदर उल्लेख गर्दै मस्कले गत वर्ष जापानमा आठ लाख शिशु जन्मिएको र आयु ८५ वर्ष रहेको जुन निकै उच्च रहेको बताए । दुवैलाई गुणन गर्ने हो भने भविष्यमा जापानमा छ करोड ८० लाख मात्रै जनसङ्ख्या बाँकी रहन्छ । अहिले जापानको जनसङ्ख्या १२ करोड ६० लाख छ । विश्वमा ठूलो सङ्ख्यामा मानिसहरुले सन्तान नजन्माउने निर्णय गरिरहेका बेला एलन मस्कले यस्तो चेतावनी दिएका हुन्। जलवायु परिवर्तन, असमानता र आर्थिक सरोकारका कारण मानिसहरूले बच्चा नजन्माउन चाहिरहेका हुन् ।

यसैबीच अमेरिकामा जनसङ्ख्या वृद्धि दर कोरोना महामारी सुरु भएयताकै न्यूनस्तरमा पुगेको छ । महामारीका कारण आप्रवासन रोकिएको छ र महिलाहरूले गर्भधारण गर्न ढिलाइ गरिरहेका छन्। योसँगै महामारीका कारण हजारौंको ज्यान गएको छ । जुलाई २०२० र जुलाई २०२१ को बीचमा अमेरिकाको जनसङ्ख्या केवल ०.१ प्रतिशत अर्थात तीन लाख ९२ हजार ६६५ ले बढेको छ। उता चीनमा महामारीको यो अवधिमा बच्चा जन्माउनेमा उल्लेख्य कमी आएको छ ।