२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्रीले घुस खाएर क्यासिनोको लाइसेन्स बाँडेको कांग्रेस सांसदको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घुस लिएर क्यासिनोको लाइसेन्स बाँडेको आरोप लगाउनु भएको छ ।

सांसद बजगाईँले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका हुन् ।

उहाँले मन्त्री पाण्डे प्रति लक्षित गर्दे मन्त्री बन्नु भन्दा अगाडी डेराको बसाई मन्त्री भए लगत्तै घर कसरी किनियो भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

मन्त्री आफू कमिशन खान्छ अरुको Sponsor प्रचार गर्छ।

हामी समकक्षी सुभाष म सुशान्त संगै थियौ, एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।

दृष्टान्त: मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो। मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिंड्छ, यो झूठ हो किनभने सभापति गृह परराष्ट्र मन्त्री आफै क्यान छुट्याउने विषयमा आफ़ै प्रधानमन्त्रीलाई ब्रीफ गर्दैगरेको १५ औं सांसद साछी छौं।

यो तल पूरानो क्यासिनो कम्पनीको फोटो छ। मन्त्री भैसकेपछि उसको आदेशको नयाँ अनुमति छ। यहाँ सम्मानित अदालतको फैसला पनि छ। भैरहवा विमानस्थलको बारेमा मेरो विचार काटकूट गरेर प्रसारण गरेर आँधीले नहल्ने यो राजेन्द्र बजगाई एक पाईला हल्लदैन।

मन्त्री पाण्डे र अधिकारीहरूले भैरहवा विमानस्थल कसरि चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईको विरोध भनेर Sponsor प्रचार चलाएका रहेछन्।