२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछः खेलकुदमन्त्री चौधरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतबीचको खुला सीमानाले पनि ड्रग्स सप्लाइ हुन सहज हुने गरेको बताउनु भयो । उहाँले नेपालमा विद्यालयस्तरबाटै चुरोट सेवन गर्ने र युवाअवस्थामा ड्रग्स सेवन गर्ने क्रम बढ्दो रहेकाले नियन्त्रणको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले सरकारले नियन्त्रणका लागि विभिन्न ऐन, कानून निर्माण गरेको भएपनि चाहेको जति नियन्त्रण हुन नसकेको बताउनु भयो । उहाँले नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी नभएपनि भारतबाट खुला सीमानाका कारण बढी ल्याइने गरेको बताउनु भयो । दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा ड्रग्सको विषयमा भन्नुपर्दा विद्यालयस्तरबाटै चुरोड बिँडीको लत विद्यार्थीले शुरु गर्दछन् । विद्यालयस्तरबाटै यहाँका विद्यार्थी विभिन्न कारणले चुरोट, बिँडी, कक्षा नौ वा १० कक्षाबाट नै खान शुरु गर्दछन् । अलि ठूलो भएपछि ड्रग्स खान शुरु गर्दछन् । भारतबाट वा अन्य तेस्रो मुलुकबाट ल्याएर खाने गर्दछन् । जसकारणले युवाहरु अपाङ्ग भएका छन् । नेपाल सरकारले यसको नियन्त्रणमा विभिन्न ऐन, कानून बनाएको पनि छ । तर जति ड्रग्सको विषयमा विश्व चिन्तित छ, नेपालमा ड्रग्स उत्पादन गर्ने कुनै कम्पनी त छैन । तर ड्रग्स सप्लायर्स भारतबाट नै धेरै हुने गर्दछ । खुला सीमाका कारण वा अन्य कुनै कारण । खुला बोर्डर छ, गोजीमा राखेर पनि ल्याउँछ, यसको कुनै शंका उपशंका छैन । त्यसलै दुई देशको बीचमा ड्रग्स नियन्त्रणमा कसरी काम गर्ने भन्नेबारेमा छलफल गर्न नेपाल सरकार तयार छ ।’

मन्त्री चौधरीले नेपालमा ड्रग्सको समस्या धेरै नै नरहेकाले समस्या समाधानका लागि भारत सरकारसँग सहयोगको आग्रह गर्नुभयो ।