• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो



जुम्ला । दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका विशेषज्ञ चिकित्सकसहित उच्चपदस्थ व्यक्तिमा समेत कोरोना सङ्क्रमण देखिने गरेको छ ।  

जिल्लामा १२ साउनमा पहिलोपटक कोरोना सङ्क्रमित शून्य भएको थियो । त्यसैगरी १४ असोजमा पनि सबै सङ्क्रमित निको भएपछि दोस्रोपटक पुनः सङ्क्रमण शून्य भएको थियो । यहाँका सर्वसाधारणदेखि अधिकांश उच्चपदस्थ व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् । तर, कोरोना सङ्क्रमणबाट भने हालसम्म कुनै घटना घटेको छैन । 

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार कोरोनालाई यहाँ रुघाखोकीको संज्ञा दिइएको छ । सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि केही दिन लकडाउन तथा निशेधाज्ञाजस्ता कार्य गर्दा आलोचना खेप्नुपर्ने स्थिति छ । 

गएको चैतयता जुम्लामा सङ्क्रमित हुनेको सङ्ख्या ३३० पुगेको छ । बुधबारसम्म ४८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा ३१ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । चन्दननाथ नगरपालिका अर्थात् जुम्लाको सदरमुकाम खलङ्गामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँका विशेषज्ञ चिकित्सकसमेत सङ्क्रमित भइरहेका छन् । 

दुई सय ८२ जना निको भएर घर फर्किसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमित पाँच जना संस्थागत आइसोलेसनमा र ४३ जना होम आइसोलेसनमा छन् । गएको चैतदेखि यता यहाँका १० हजार ७९२ जनाको आरटी पीसीआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन भएयता भारत दोस्रो मुलकबाट एक हजार १७२ जना र मलेसिया, कतारलगायत तेस्रो मुलकबाट ३२ जना मात्रै गृह जिल्ला जुम्लामा प्रबेश गरेको प्रशासनको तथ्याङ्क छ । 

आइसीयू १० बेड मात्रै 

यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसीयूका १० बेड मात्र रहेका छन् । प्रतिष्ठानमै अन्य साधारण आइसोलेसन बेड भने एक २० बेड रहेको जनाएको छ ।त्यसैगरी यहाँका ८ स्थानीय तह र नेपाली सेनाका व्यारेकमा १५ देखि ५० बेडसम्म गरी जुम्लामा जम्मा ४४५ बेडका आइसोलेसन सेन्टरहरु रहेको स्थानीय प्रशासनले जनाएको छ । थप आइसीयू र भेण्टिलेटर कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।