२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड : समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन

अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड : समूहगतमा नेपाली र व्यक्तिगत स्पर्धामा चिनियाँ खेलाडी च्याम्पियन
_cuva
अ अ+ अ-

कास्की : नेपाल र मित्रराष्ट्र चीनका खेलाडीकाबीच पोखरामा आज सम्पन्न तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा ‘समूहगत स्पर्धा’ मा नेपाली धावक ‘च्याम्पियन’ भएका छन् ।

यसैगरी ‘व्यक्तिगत स्पर्धा’को महिला तथा पुरुष दुवैतर्फ चिनियाँ धावक विजेता भएका सफल भए ।

समूगत स्पर्धामा नेपालका सुशीलकुमार शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टोलीले रनिङ, साइक्लिङ र रोइङसहितको निर्धारित ५० किमी दूरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरी उपाधि जितेको हो ।

नेपाली सेनाका करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा दौड पूरा गरी उपविजेता बने ।

यसैगरी सशस्त्र प्रहरी बलका लक्ष्मण मल्ल, निरज भट्ट र पुष्पा भण्डारीको टोलीले ४ घण्टा २३ मिनेट आठ सेकेण्डमा दौड पूरा गरी तृतीय भएको छ ।

_cuva

प्रतियोगिताको समूगत स्पर्धातर्फका बिजेताले रु चार लाख ५८ हजार चार सय, उपविजेताले रु तीन लाख ४३ हजार आठ सय र तृतीयले रु दुई लाख २९ हजार दुई सय पुरस्कार पाए ।

यसैगरी ‘व्यक्तिगत स्पर्धा’ मा पुरुषतर्फ चीनका धावक एङ ज्याङ जेनले निर्धारित ५० किमी दौड ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरी विजेता भए ।

नेपाली धावक कुलबहादुर बस्नेतले तीन घण्टा ४८ मिनेट दुई सेकेण्डमा दूरी पार गरी द्वितीय भए । नेपालकै होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी तृतीय बन्नुभयो ।

महिलातर्फ चीनका झेङ वाङ रोङले ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी उपाधि जिते । नेपाली धाविका जुम्लाका कल्पना बुढा उपविजेता बने । उनले निर्धारित दूरी ४ घण्टा ५० मिनेटमा पार गरिन् । नेपाल प्रहरीका राम माया बुढाले ५ घण्टा आठ मिनेट १८ सेकेण्डमा दौड पूरा गरी तृतीय भइन् ।

‘व्यक्तिगत स्पर्धा’ दौडतर्फको पुरुष तथा महिला दुवैतर्फको विजेताले रु एक लाख ५२ हजार आठ सय, उपविजेताहरूले रु एक लाख १४ हजार छ सय र तृतीय हुने दुवै तर्फकाले रु ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका चार समूह तथा व्यक्तिगततर्फ नेपाली महिला तथा पुरुष ८७ चीन तर्फका २९ जनाले प्रतिस्पर्धा गरेको हिमालय टुरिजम फोरमका मिडिया संयोजक इन्जिरियन प्रतीकराज पहारीले जानकारी दिनुभयो ।
–––