१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट

जनकपुरमा छठ मनाउनेहरुको भीड

जनकपुरमा छठ मनाउनेहरुको भीड
अ अ+ अ-

जनकपुर । मिथिलाञ्चलमा छठ पर्व मनाउनेहरुको भीड लागेको छ । छठका अवसरमा जनकपुरधामको प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको हो ।

चार दिवसीय छठको पहिलो दिन नहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीणी सागर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न सागर, भुतही पोखरी सहितका पोखरीहरुलाई पूजाको लागि विशेष रुपले सजाइएको छ ।

युवा क्लबहरुले पोखरीको सजाउने कार्यमा सहभागी भएका छन् । छठमा केरा, भुसबा, ठेकुवा, नरिवल, उखु, मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरुले सूर्य लाई अघ्र्य दिने गर्छन् । छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ । घर, परिवारको सुख, शान्ति र समृद्धिका लागि व्रत बसेको व्रतालु महिलाहरु बताउँछन् ।

आदिकालमा सती अनुसुयाले रोगग्रस्त पतिलाइ निको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पूजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्य देवको उपासना गरी छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठको व्रत बस्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको साथ छठ पर्व मनाउने गरिन्छ ।