१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशममा ९८ जनामा सङ्क्रमण



अ+ अ-

गण्डकी । पोखरा महानगरपालिकामा ६० जनासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान कास्कीको पोखरा महानगरपालिका, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, गोरखा र नवलपुर जिल्लामा गरी ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
     
पोखरा महानगरमा सङ्क्रमित हुनेमा वडा नं १ का एक पुरुष, ३ का दुई पुरुष, ४ का दुई पुरुष तथा तीन महिला, ५ की एक महिला, ६ का एक पुरुष, ७ का एक पुरुष तथा तीन महिला, ८ का दुई पुरुष तथा एक महिला र ९ का एक पुरुष तथा दुई महिला छन् । त्यस्तै १० की एक महिला, ११ का एक पुरुष, १२ की एक महिला, १५ का तीन पुरुष, १६ का तीन पुरुष, १७ का दुई पुरुष तथा दुईृ महिला, १८ का दुई पुरुष, २५ का एक पुरुष, २६ की एक महिला, २७ की एक महिला तथा वडा नखुलेका १४ पुरुष तथा ६ महिला रहेका छन् ।

त्यसैगरी स्याङ्जाका पालिका नखुलेका १ पुरुष तथा दुई महिला, तनहुँका पालिका नखुलेका दुई पुरुष तथा एक महिला, व्यास १ का एक पुरुष, ३ का १ पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला, पर्वतका पालिका नखुलेका एक पुरुष लमजुङ राइनास १ का एक पुरुष, सुन्दरबजारका वडा नखुलेका एक पुरुष, गोरखा सिरानचोक ४ का एक पुरुष र पालुङटार ८ का एक पुरुष, ३ का एक पुरुष तथा एक महिला, ४ का एक पुरुष तथा एक महिला छन् । त्यस्तै नवलपुर कावासोती १ का एक पुरुष, ३ का एक पुरुष, ५ का एक पुरुष, ८ का दुई पुरुष तथा एक महिला, ११ की एक महिला, १२ का एक पुरुष, १४ की एक महिला, १७ का एक पुरुष, गैँडाकोट २ का चार पुरुष तथा १ महिला, ४ का एक पुरुष, ८ की एक महिला, १७ की एक महिला, मध्यविन्दु ६ का दुई पुरुष, ७ की एक महिला र विनयत्रिवेणी ४ का एक पुरुषमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार १४५ पुगेको छ ।




भर्खरै